Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्‍याली सम्पन्न

Spread the love

अर्चना झा
ललितपुर (गोदावरी)
– ओम बोलबम काँवरिया सङ्घको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाको चक्रपथमा भव्य बोलबम मोटरसाइकल र्‍याली सम्पन्न छ।

भक्तिभाव, अनुशासन र शिव महिमा प्रचार गर्ने उद्देश्यले आयोजित यस र्‍यालीको उद्घाटन डि.डि.आई. बैंक्वेट, बुद्धनगर काठमाडौँ–१० मा ओम बोल बम काँवरिया सङ्घका अध्यक्ष राम औतार पण्डित र प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व वन तथा वातावरण मन्त्री माननीय शंकर भण्डारीले संयुक्त रूपमा मोटरसाइकल र्‍यालीको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा बोल्दै भण्डारीले बोलबम काँवरियाको यो मोटरसाइकल र्‍याली भौतिक यात्रा मात्र नभएर धार्मिक जागरण, सामाजिक एकता र सनातन संस्कृतिप्रति श्रद्धा जगाउने अभियान भएको बताउनुभयो। उहाँले यो र्‍यालीले पहाड र तराईबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको समेत उल्लेख गर्नुभयो।

सङ्घका सचिव मुकेश कुमार झाले दिएको जानकारी अनुसार यही साउन १८ गते आइतबारदेखि १९ गते सोमबारसम्म सलम्बुदेवी मन्दिर परिसरबाट काँवर यात्रा औपचारिक रूपमा सुरु हुने सचिवले जानकारी गराउनुभयो।
उक्त यात्रामा नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ काँवरिया भक्तजनहरू सहभागी हुनेछन्। सोमबार बिहान सालीनदीको मुहानबाट पवित्र जल लिएर भक्तजनहरूले पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यक्रम अन्तर्गत १८ गते भक्तजनहरूका लागि निःशुल्क भोजन, आवास, यातायात तथा स्वास्थ्य सेवाको समेत व्यवस्था गरिएको सचिवले जानकारी दिनुभयो। त्यसैदिन विविध भक्तिमय प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।

काँवर यात्रालाई व्यवस्थित, अनुशासित र भक्तिभावयुक्त बनाउन ओम बोलबम काँवरिया सङ्घले सबै भक्तजनहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको झाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top