Flash Story

सडकबाट ठूलो क्रान्ति नभएसम्म मुलुकमा विकास हुुँदैन-अध्यक्ष दाहाल

Spread the love

काठमाडौं — माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा दाहाल अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकमा विकास नहुने बताएका हुुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु,’ उनले झने, ‘नयाँ आन्दोलन क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र त्रान्ति भनेको होइन । एउटा सडकबाट ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन ।’

देशको कर्मचारीतन्त्र, न्यायालय रूपान्तरण आवश्यक भएको बताए ।‘देशलाई गुणात्मक ढंगले अघि बढाउन बिउरोक्रेशी मा, जुडिसियरीमा र पुराना पार्टीको दिमागामा क्रान्ति ल्याउन सकेका छैनौँ,’ उनले भने, ‘हामीले परम्पराका सांगला तोड्न बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top