Flash Story

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ४७ घाइते

Spread the love

धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् ।

घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको हो ।

शुक्रबार राति ११ बजेको समयमा झडप भएको थियो । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।

मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top