Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

इजरायली आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु

Spread the love

एजेन्सी : अल जजीराले गाजाको अल-शिफा अस्पताल नजिक भएको इजरायली हमलामा आफ्ना चार पत्रकारको मृत्यु भएको जनाएको छ ।

अल जजीराका अनुसार, इजरायली हमलाको समयमा संवाददाता अनस अल-शरिफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोहम्मद नौफल अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा थिए।

करिब दुई हप्ताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ) को निन्दा गर्दै गाजामा अल-शरिफ लगायत आफ्ना पत्रकारहरूविरुद्ध चलाइएको अभियान ‘उत्तेजक अभियान’ भएको बताएको थियो।

हमलाको केही समयपछि आईडीएफले अनस अल-शरिफमाथि हमला गरेको पुष्टि गरेको छ। आईडीएफले टेलिग्राममा पोस्ट गर्दै उनी “हमासमा एक आतंकवादी समूहको प्रमुखको रूपमा कार्यरत थिए” भनेर उल्लेख गरेको छ।

आईडीएफले हमलामा मारिएका अन्य कुनै पनि पत्रकारको बारेमा उल्लेख गरेको छैन।

अल जजीराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले बीबीसीसँगको कुराकानीमा अल-शरिफ गाजाभित्रबाट समाचार दिने विश्वको ‘एकमात्र आवाज’ भएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top