Flash Story

बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

Spread the love

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामा छन् ।
बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय​बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top