Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै सतर्कता अपनाउन आग्रह

Spread the love

काठमाडौं । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह छन् । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

जनसुकै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकालाई यो रोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।

हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेमा लामखुट्टे संक्रमित हुन्छ । उक्त संक्रमित लामखुट्टेले मानिसलाई टोके यो रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।

विशेष गरी साउनदेखि कात्तिकसम्म देखिने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन ।

जापानिज इन्सेफलाइटिसमा बेस्सरी टाउको दुख्नु, उच्च ज्वरो, बेहोस हुने, घाँटी अररो , शरीर कम्पन, पक्षघातजस्ता समस्या देखिन्छ । समयमा उपचार नगरिए बिरामीको मृत्यु समेत हुनसक्छ । लामुखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने प्रमुख उपाय हो ।

सन् २००५ बाट नेपालमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप उपलब्ध भएकाले यसको संक्रमण खासै नदेखिएको उनको भनाइ छ । तथापि, पछिल्लो केही वर्षयता यसको संक्रमण दर बढेकाले रोकथाम र नियन्त्रणमा सरकार चनाखो हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top