Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

प्रधानमन्त्री ओली आज मधेश प्रदेश जाँदै

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश जाने भएका छन्। उनी धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ११ बजे उनी धनुषा प्रस्थान गर्नेछन् । उनले धनुषामा मधेश प्रहरी कार्यालय उदघाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् । सोनमा भन्ने स्थानमा उनले पक्की सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

यो मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सन्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिने छ । यसको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रा.लिले पाएको छ ।

भ्याटसहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा बजेटमा बन्न लागेको यो सडक २०८३ चैत ११ गतेसम्म निर्माण गर्ने सम्झौता भएको छ ।

धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top