Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

भदौ १४ गते ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ हुने

Spread the love

निराज रानाभाट, काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजना र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा ‘ आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं ’ भन्ने मूल नाराका साथ ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२ ’ हुने भएको हो । राजधानी काठमाडौंको चन्द्रागिरि नगरपालिका -९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ गते, शनिबार गर्न लागिएको आयोजकले जनाएको छ । आज चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले, नगर प्रवक्ता एवं वडा नम्बर -४ का वडाध्यक्ष कृष्ण प्रसाद खड्गीले प्रदर्शनीको ब्यानर सार्वजनिक गरेका छन् ।

लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला – संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने भन्दै नगरपालिका प्रमुख घनश्याम गिरीले युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न प्रदर्शनीले ठूलो सन्देश दिदै आएको बताए । गिरीले प्रदर्शनीमा सहभागी हुन सम्पूर्ण पालिकाहरुका संस्कृतिप्रेमीहरुलाई आव्हान समेत गरेका छन् । ब्यानर सार्वजनिक भएसँगै महोत्सवको औपचारिक प्रचारप्रसार शुरु भएको छ ।

प्रदर्शनीमा देशका विभिन्न ५० वटा जिल्लाका लाखेहरु सहभागि हुने अपेक्षा रहेको नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँका अध्यक्ष रमेश शाहीले जानकारी दिए । ‘ राष्ट्रिय लाखे नाच प्रदर्शनी साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ ’ का लागि भदौ १२ गतेसम्म दर्ता गर्ने समय तालिका रहेको छ । यो कार्यक्रम नेपाली मौलिक परम्पराको गौरवशाली प्रदर्शन हुने छ । जहाँ देशभरका समुदायहरू एकै स्थानमा सांस्कृतिक एकता र उत्सव मनाउन जुट्ने छन् । उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top