Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

सरकारमा रहेका नेताहरूले विपक्ष जस्तो व्यवहार नदेखाउन शंकर पोखरेलको आग्रह

Spread the love

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा रहेका दलका नेताहरूले विपक्ष जस्तो व्यवहार नदेखाउन आग्रह गरेका छन् । सोमबार कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

“शेखर कोइरालाले सरकारमा सामेल भएर सरकारकै विपक्षमा लाग्ने कुरा त्यति राम्रो भएन । आफ्नै अनुहारमा छिटा पर्ने खालको अभिव्यक्ति दिनुहुँदैन । सरकारमा सामेल हुने, सरकारप्रति प्रतिपक्षी व्यवहार गर्ने, सरकारमा हिस्साका लागि पनि संस्थापन पक्षसँग बहस, विवाद गर्ने, हिस्सा प्राप्त गर्ने तर सरकारको पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो होइन,” उनले भने ।

उनले थपे, “भूमिहीन, दलित र सुकुम्वासीलाई जग्गा दिने कुराको समेत शेखर कोइरालाले विरोध गरेको हो भने उहाँ कसको पक्षमा उभिनुभएको छ भन्ने प्रश्न उठेको छ ।”उनले भूमि आयोगमा ५० प्रतिशतभन्दा बढी कांग्रेसकै नेताहरू भएको नबिर्सन कोइरालालाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top