Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ

Spread the love

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत संस्थाका ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरू सहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू सहित भारत कानपुर नौबस्ती बस्ने अभिषेक यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ भित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट सय थान, सर्टिफिकेट ३६ थान, ५ वटा स्ट्याम्प प्याड, ३ वटा स्ट्याम्प, होलोग्राम जस्तो देखिने त्रिभुवन विश्वविद्यालय २०१२ लेखेको ४ हजार ४० थान स्टीकर, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान स्टीकर, राष्ट्रिय परीक्षा बोर्ड लेखेको एक हजार ७ सय थान स्टीकर, सिटीईभीटी लेखेको एक हजार ९ सय थान होलोग्राम स्टीकर बरामद गरेको हो ।

यस्तै भारतको अमिटी युनिभर्सिटी उत्तरप्रदेश, जवाहरलाल नेहरू टेक्नोलोजी युनिभर्सिटी हैदरावाद, छत्रपति साहु जी महाराज युनिभर्सिटी कानपुर, आसाम उच्च विद्यालय काउन्सिल, कुरूक्षेत्र विश्वविद्यालय र आन्ध्रा युनिभर्सिटीका मार्कसीट, चारित्रिक प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र, लेटर प्याड लगायतका नक्कली सादा कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार विभिन्न कार्यालयको छाप, हस्ताक्षर, २ वटा मोबाइल , एक थान ल्यापटप, पेनड्राइभ, एटीएम कार्ड तथा नेपाली र भारतीय रुपैया पनि बरामद भएको छ ।

आइतबार साँझ यादव भारतबाट भैरहवा आएको गोप्य सूचनाको आधारमा उनी बस्न लागेको होटेलमा पुगेर सुटकेस जाँच गर्दा नक्कली शैक्षिक प्रमाणपत्रहरू, अन्य शंकास्पद कागजपत्र र सामान फेला परेपछि नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा गिरोह नै हुन सक्ने आशंका गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

‘नेपालबाट विदेशमा रोजगारी र अध्ययनका लागि जानेहरूका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग हुने गरेको आशंका छ,यस कारोबारमा संलग्न अन्यको व्यक्ति पनि पत्ता लगाएर अनुसन्धान गर्छौं’, एसपी क्षेत्रीले भने ।

पक्राउ परेका यादवलाई अदालतबाट ५ दिन थुनाको अनुमति लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top