Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

रास्वपाले गर्‍यो उपसभामुख रानामाथि भएको आक्रमणको विरोध

Spread the love

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।

‘बारम्बार बालुवाटारका बैठकहरूमा, बुढानीलकण्ठका बैठकहरूमा र सिंहदरबारका बैठकहरूमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको उपसभामुखमाथि जुन आक्रमण भएको छ, यसको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्न चाहन्छ,’ प्रमुख सचेतक परियारले भने ।

उनले सार्वभौम संसद्का सदस्यहरूले विवेचना गर्न पनि अनुरोध गरे । मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्‍याएको उनले बताए ।

‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि निकै ठुलो खतरा भएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ हो,’ परियारले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top