Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

भियतनामकी उपराष्ट्रपति सुआन र समकक्षी यादवबीच भेटवार्ता

Spread the love

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेकी हुन् ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुआनलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीन दिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

बिहान ११ बजे काठमाडौंको होटेल याक एन्ड यतीमा उपराष्ट्रपति सुआन र उनका नेपाली समकक्षी रामसहाय प्रसाद यादवले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यसअघि दुवै उपराष्ट्रपतिले प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा व्यापार, लगानी, जलविद्युत् र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिने कार्यतालिका छ ।

उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको छ । भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ । तर, तनहुँ जलविद्युत् आयोजनामा भियतनामको सङ दा कर्पोरेसन र नेपालको कालिका समूहको साझेदारीले यो क्षेत्रमा सहकार्यको सम्भावना देखाएको छ ।

यो भ्रमणले व्यापार र लगानी वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सुआनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन् । डा। राणासँगको भेटमा नेपाल–भियतनाम सम्बन्ध सुदृढीकरण र आर्थिक साझेदारीका विषयमा छलफल गरिएको थियो ।

नेपाली सेनाले सुआनलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछिन् । काठमाडौं र ललितपुरका ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने पनि कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top