Flash Story
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा
किशोरीलाई मन पराएको विषयमा विवाद हुँदा दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु
थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

Spread the love

काठमाडौँ। अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल जारी हुने बताए । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ती युवाहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्याायधीश कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कार्कीको नाममा समर्थन रहेको जानकारी दिएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।

हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् । प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि स्वीकार्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार्ने बताइसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top