Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज

Spread the love

काठमाडौँ। सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले सोमबार जानकारी दिँदै यस्तो सुविधा तत्काल खारेज गरिएको जनाएको हो ।

मन्त्रालयका अनुसार अब सांसदसहित अन्य राजनीतिक पदाधिकारीहरूले स्वकीय सचिव राख्न पाउने छैनन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूबारे अन्य पदाधिकारीले स्वकीय सचिव राख्न पाउने छैनन् ।

त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश र स्थानीय तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्त गर्न नपाइने भएको छ ।

नयाँ प्रावधानअनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखले आफ्नो स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्त गर्न सक्नेछन् । अत्यावश्यक अवस्थामा मात्र प्राविधिक जनशक्ति परिचालन गर्न सकिने र दीर्घकालीन दायित्व सिर्जना गर्ने गरी नयाँ दरबन्दी नखोलिने मन्त्रालयले स्पष्ट पारेको छ ।

सल्लाहकारका नाममा आसेपासे तथा कार्यकता नियुक्तिले राज्यकोषमा ब्रम्हलुट मच्चाएको आरोप यसअघि लाग्दै आएको थियो । आवश्यकता नै नभएका पदाधिकारीहरुलेसमेत यस्ता सुविधा लिने गरेको भन्दै चौतर्फी विरोध हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top