Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

प्राधिकरणले आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने

Spread the love

काठमान्डौँ। दसैँ, तिहार, छठलगायतका चाडपर्वमा यात्रुहरूको चापलाई व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीसहित सरोकारवालाको उपस्थितिमा बुधबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बसेको छलफलमा यस्तो निर्णय गरिएको हो ।

छलफलमा सहभागी वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा कममा टिकट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यात्रुको चाप बढ्ने आकलन गरिएको अवस्थामा प्राधिकरणले सुरक्षाको प्रत्याभूतिसहित वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहज वातावरण मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top