Flash Story

अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट

Spread the love

काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले पुर्‍याइरहेको सहयोग र हालको राजनीतिक परिवेशबारे चर्चा गरिएको थियो।

अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको मुख्य उद्देश्य रहेको जानकारी गराए। साथै, पुनर्निर्माण र आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा दुवै पक्षबीच निर्माणाधीन नागढुंगा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, कोटेश्वर इंटरसेक्शन सुधार आयोजना तथा सिन्धुली सडक ९बाढी प्रभावित० आपतकालीन पुनर्वास कार्यक्रमलगायत विषयमा विस्तृत छलफल भएको थियो।

भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्मा पनि उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top