Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिने विश्वास छैन : गुरुराज घिमिरे

Spread the love

काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले असोज २६ गते बस्ने केन्द्रीय समितिले विशेष महाधिवेशनका लागि निर्णय गर्ने विश्वास नरहेको बताएका छन् ।

पार्टी विधानमा केन्द्रीय समितिले विशेष महाधिवेशनको आवश्यक ठानेमा आह्वान गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिमा शेरबहादुर देउवाको ८० प्रतिशतभन्दा सदस्यहरु छन् ।

केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय हुने आशा गर्न सकिने ठाउँ नदेखिएको उल्लेख गर्दै घिमिरेले भने,‘हालसम्मका गतिविधि हेर्दा हामीलाई वर्तमान केन्द्रीय कार्यसमितिसँग विश्वास र भरोसा छैन । देश, लोकतन्त्र र पार्टी जोगाउन हामी सचेत र गम्भीर छौं । २६ गते अघि नैं हस्ताक्षर दर्ता गराउन जागरुक, सक्रिय र प्रतिबद्ध भएर लागौं ।’

नेता घिमिरेको अगुवाईमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन जारी रहेको छ । विशेष महाधिवशेनका लागि कारण खुलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर पेस गरेको अवस्थामा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ ।

नेता घिमिरेले भन्छन्,‘विशेष महाधिवेशन, महाधिवेशनका प्रतिनिधिहरुको वैधानिक बिशेषाधिकार हो । इतिहासको यस चुनौतीपूर्ण कालखण्डमा हामी नेपाली नागरिक र कांग्रेस सदस्यको भूमिका निर्बाह गर्न नचुकौं ।’

पार्टीका हरेक सदस्यको योगदान र बलिदानको चरम अवमूल्यन गरिएको घिमिरेले टिप्पणी गरे । पार्टीम मनपरि र स्वेच्छाचारले सिमा नाघेको उल्लेख गर्दैै घिमिरेले अब सहन नसककिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top