Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

यही अवस्थामा चुनाव भए प्रतिकार, छठपछि फेरि आन्दोलनः जेनजी अगुवा सहनी

Spread the love

काठमाडौँ – जेनजी अगुवा कृष्णमोहन सहनीले नक्कली जेनजीको नामा आगजनी, लुटपाट र अराजकता मच्चाउनेलाई कारवाहीको दायरामा नल्याएसम्म स्थिरता बन्न नसक्ने बताएका छन् । उनले जेनजीको नाममा अराजक कार्य गरिरहेको भन्दै सुधन गुरुङ र डा. निकोलस भुसाललाई कानुनको दायरमा ल्याउनुपर्ने बताए ।

मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै सहनीले भने, ‘जेनजीको नाममा अराजकता मच्चाइरहेका सुधन गुरुङ र निकोलस भुसाललाई कानुनको दायरामा ल्याउनुपर्छ, नत्र स्थिरता आउँदैन । त्यस्तै, जेनजीको नाममा अगजनी र लुटपाट गर्नेलाई कारवाही गर्नुपर्छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले जेन वाईको दबाबमा जेनजीको पक्षमा काम नगरेको बताए । उनले जेनजीको पक्षमा काम गर्न नसक्ने भए प्रधानमन्त्री कार्कीले तुरुन्त राजिनामा दिनुपर्ने बताउँदै नभए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

आफूहरुले पुरानै चुनाव गराउन गराउन नचाहेको बताउँदै सहनीले चुनाव रोक्न सरकारसँग आग्रह गरे । उनले भने, ‘अहिलेकै अवस्थामा गरिने चुनावमा हाम्रो सहमति छैन, हामी बहिस्कार गर्छौ । अहिलेको सरकारले जबरजस्त चुनाव गरायो भने पुनः आन्दोलनमा आउनुपर्ने हुन्छ ।’

संविधान संशोधन गरेर मात्रै चुनावमा जानु पर्ने जेनजीको माग रहेको बताउँदै सहनीले सामानुपातिकलाई खारेज गर्नुपर्ने तर खराबी हटाएर संघीयतालाई बलियो बनाउनुपर्ने बताए ।
जेनजी बलमा बनेको सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक नगरेको बताउँदै आपत्ति जनाए । उनले सरकार समावेशिता नभएको बताउँदै भने, ‘हाम्रो बलमा बनेको सरकारलाई प्रधानमन्त्री कार्कीले समावेशिता छैन । महिला, दलित, मधेसी सहभागिता छैन । यही हो हामीले खोजेको सरकार ?

जेनजी पुस्ता अरुको पछि नलागेर आन्दोलनको म्याडेण्टअनुसार अगाडि बढ्नुपर्ने बताए । आफूहरु तिहार र छठपछि पुनः आन्दोलनमा आउने चेतावनी समेत दिए  ।
आन्दोलनमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्न छोडेर सरकारले कनिका छरेको बताए । उनले १० लाख दिएर परिवारलाई केही नपुग्ने बताउँदै तुरुन्त राष्ट्रिय सहिद घोषणा गर्न र घाइतेलाई रोजगारको व्यवस्था गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top