Flash Story

धादिङको कमेरेमा माेटरसाईकल र बस एकआपसमा ठाेकिदा ३ जना घाइते एककाे अवस्था गम्भीर

Spread the love

धादिङ – धादिङकाे नीलकण्ठ न पा ८ काे कमेरेमा माेटरसाईकल र बस एकआपसमा ठाेकिदा ३ जना घाइते भएका छन् भने एककाे अवस्था गम्भीर रहेकाे छ ।

मलेखु सडक खण्ड (कालु  पाण्डे राजमार्ग ) अन्तर्गत  नीलकण्ठ न  पा ८ कमेरे डिहीमा बा ४ ख ५७५८ नम्बर को बस काठमाडौं जादै गरेको र बिपरित दिसाबाट आएको मोटर साईकल  बा ८९ प ९५९४ एक आपसमा ठोकिदा मोटर साईकलमा सवार चालक वर्ष २४ को धन ब नेपाली (सुमन नेपाली ) वर्ष  १८ की रन्जना श्रेष्ठ र वर्ष  २१ की सीता श्रेष्ठ घाईते भएको जिल्ला अस्पतालले जनाएको छ । एक जना गम्भिर घाईतेलाई हेलिकप्टर मार्फत थप उपचारका लागि   काठमाडौ पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top