Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

महेश बस्नेतलाई तत्काल पक्राउ गर्न सोभा पाठकको माग

Spread the love

काठमाडौं – एमालेका नेता महेश बस्नेतलाई पीडित सोभा पाठकले तत्काल पक्राउ गरेर करबाही गर्न माग गरेकी छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पठकले बस्नेतलाई अध्यक्ष केपी ओली, प्रहरी प्रशासनदेखि न्यायी निकायलेसमेत संरक्षण गरेको आरोप लगाएकी छन् ।

पीडित पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुरब्यबहार गरेको बताउँदै भनिन्,“मैले बलत्कारी महेश बस्नेतको अपराधको विषयमा जाहेरी दिदा पनि राजनीतिक पहुँचको कारण उल्टै मालाई बारम्बार पक्राउ गरी पीडित बनायो ।” पाठकले बलत्कार, भ्रूण हत्या र डाँका चोरी गरेको विषयमा जहेरी हालेकोले महेश बस्नेतलाई पक्राउ गर्नुपर्ने बताउँदै पाठकले भनिन्,“अहिलेका गृहमन्त्री ओमप्रकाश अर्यालले महेश बस्नेतलाई पक्राउ नगरीए म अन्तिम हदसम्म जान बाध्य हुने छु ।” पाठकले वर्तमान सरकाराका खेलकुद मन्त्री बब्लु गप्ताले महेश बस्नेतको योजनामा आफूलाई अपहरण गरी जबरजस्ती दुर्गा प्रसाईको विरुद्धमा बोल्न बाध्य बनाएको पनि उनले बताईन ।

सामाजिक अभियान्ता राधिका बरालले वर्तमान सरकारले बस्नेतलाई पक्राउ गरी कारबाही गर्न माग गरिन् । बरालले मन्त्री बब्लु गुप्ता पनि दोषी भएकोले उनलाई पनि कानुनी दायरामा ल्यायनुपर्ने बताउँदै भनिन्,“दुर्गा प्रसाईले पनि सोभालाई दुव्र्यवहार गरेको भए उनलाई पनि कानुनी दयायरामा लयाएर अनुसन्धान हुनुपर्छ, नत्र भए अपराधीहरुलाई त्यसै किन छाडिन्छ ।”

सामाजिक अभियान्ता सर्मिला वाईबाले महेश बस्नेतहरुले समाजलाई विक्रित बनाएकोले त्यसलाई रोक्नुपर्ने धारणा राखिन् । बस्नेतले सोभा पाठकमाथि लामो समयसम्म शोषण गरेको बताउँदै भनिन्,“बस्नेत दाईको अत्याचारले सीमा नाघिसकेको छ, उनिहरुको डरमा बस्न जरुरी छैन, अब खुलेर लड्नुपर्छ ।”

अधिवक्ता वाईपी अधिकारीले महेश बस्नेतलाई पक्रेर अनुसन्धान गर्नेभन्दा पीडितलाई बारम्बार पुलिस हिरासतमा लिनु गलत भएको बताए । उनले बस्नेतको बारे उजुरी पर्दा उनलाई कानुन नलग्ने तर सोभालाई कानुन भएको बताउँदै भने,“ यहाँ कानुन ‘सानालाई ऐन तर, ठूलालाई चैन’ भयो ।”

जेन्जी ज्योती थापाले देशमा ठूलो परिवर्तनपछि पनि महिलाहरुमाथि शक्ति र पहुँचवालाहरुले शोषण गरिनु दुःखत भएको बताईन् ।

अधिवक्ता मनिषा गौतमले पुराना राजनीतिक दलहरुको आडमा कानुन हातमा लिएर अन्याय अत्याचार बढाएको र अब बदलिदो परिस्थितिमा त्यसलाई रोक्ने प्रत्यत्न गर्नु पर्ने धारणा राखिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top