Flash Story
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
यूएईको अबुधाबीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार
गुल्मी–१ मा मनिराम ज्ञवालीको घरदैलो अभियान तीव्र
रुपन्देही–१ मा आम जनता पार्टीका उम्मेदवार देवानको घरदैलो तीव्र
आम जनता पार्टीका कालबहादुर बिक दलित क्लस्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा
चुनावी पोस्टरले नगरलाई कुरूप नबनाउने मनिष झाको घोषणा
नेपाल पत्रकार महासंघ ललितपुर शाखा ३४औँ वर्षमा प्रवेश
गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?
रास्वपावाट टिकट पाएका दैलेख क्षेत्र न. २ का ईन्जिनियर बखत बा. शाहीको चर्चा

सुशीला कार्की हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्छः जन प्रजातान्त्रिक पार्टी

Spread the love

काठमाडौं – सुशीला कार्कीलाई हटाएर सर्वमान्य नागरिक सरकार बनाउनु पर्ने जन प्रजातान्त्रिक पार्टी नेपालले माग गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले जेन–जीका मागहरु संबोधन गर्नुको सट्टा उल्टै उनिहरुलाई नै धरपकडले जनता सशंकित भएकोसमेत पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष निरबहादुर श्रेष्ठले वर्तमान सरकारले जेन–जीहरुमाथिको धरपकड तथा दमनले आफूहरुलाई आक्रोशित तुल्याएको बताएका छन् । श्रेष्ठले जनताको शासकहरुप्रतिको चरम असन्तुष्टि र जेन–जीको बिद्रोहमार्फत सुशासन र भ्रष्टाचार मुक्त देशको सपनालाई वर्तमान सरकारले हत्या गरेको आरोप लगाए । “जेन–जीको आन्दोलनमा उपस्थित भएर हप्ता दिनमै भ्रष्टाचार मुक्त गर्छु भन्ने सुशीला त बारबारा फाउण्डेसनको प्रतिनिधिकारुपमा पो काम गर्न थाल्नु भयो, अब उहाँलाई विस्थापन गर्नुको विकल्प छैन” श्रेष्ठले भने ।

श्रेष्ठले वर्तमान सरकारले गर्ने भनेको चुनावको औचित्य समाप्त भएको बताउँदै भने,“जेन–जी विद्रोह मुलतः सुशासन र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको माग भएको तर यो सरकार पुरानै बाटोमा गएकोले देशले यसबाट निकास पाउने देखिन्न ।”

पार्टी उपाध्यक्ष मेनुका श्रेष्ठले विद्रोहमा कलिला होनाहार युवायुवतिको साहदत भएको र उनिहरुले देखेको सुशासनसहितको भ्रष्टाचार मुक्त देशको सपनालाई मर्न नदिने बताईन् ।

महासाचिव राजेन्द्र नेगीले सरकार समक्ष आफूहरुले राखेका मागहरु प्रस्तुत गर्दै सो मागहरु संबोधन नभए जेन–जीलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए । उनले अन्तरिम संविधान निर्माण गरी सर्वपक्षीय नागरिक सरकार निमार्ण गर्ने, सोही नागरिक सरकारले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए ।

पार्टीका सचिव रमेश महतेले देश परिवर्तनको उच्चतम हुटहुटी भएका नव युवाहरुलाई भोटिङ अधिकारबाट विमुख गर्ने व्यवस्था अन्त्य गर्नुपर्नेमा जोड दिए । “नागरिकता १६ वर्षमा दिने तर भोट गर्ने तथा उम्मेदवार बन्न नपाउने व्यवस्था संशोधन नगरी चुनावको औचित्य छैन” महतेले भने ।

पार्टीका उपाध्यक्ष साङ्गे शेर्पाले विदेशी संस्थाहरुले सहयोगको बहानामा देशलाई अस्थिर बनाउने षड्यन्त्र गर्ने गरेको आरोप लगाउँदै भने,“एनजीयो तथा आइएन्जीयोहरुले देशलाई कसरी अस्थिरता र घातक हुने कार्य गर्दा रहेछन् भन्ने कुरा पछिल्लो विद्रोहमा टिओबी घुसपैठ र बारबार फाउण्डेसन नेतृत्व वर्तमान सरकार काफि छ ।”

आफ्ना मागहरु संबोधन गराउन सरकार तथा सरोकारवाला पक्षहरुसँग वार्ता गर्न पार्टीले पार्टी अध्यक्ष निरबहादर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिएको छ । सो वार्ता टोलीमा साङ्गे शेर्पा, मेनुका श्रेष्ठ, राजेन्द्र नेगी रमेश महते सदस्यहरु रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top