
बिरेन्द्रनगर- आजबाट बिरेन्द्रनगरमा Gen Z 2.0 Karnali को नेतृत्वमा शिक्षा गुणस्तर सुधार पहल औपचारिक रूपमा सुरु भएको छ।

वडा नं. १ श्री दीपमाला आधारभुत बिद्यालय बाट सुरु गर्दै आज हामीले पहिलो अवलोकन तथा अनुगमन भ्रमण सम्पन्न गर्यौं।

यो भ्रमण कुनै दोष खोज्न होइन, वास्तविक अवस्था बुझ्न, सही जानकारी र तथ्यांक संकलन गर्न तथा आगामी दिनमा ठोस काम गर्ने आधार तयार गर्नका लागि हो।

यो सुरुवात मात्रै हो।
यस्ता नियमित भ्रमणहरूले हामीलाई विद्यालयहरूको वास्तविक अवस्था, आवश्यकता र चुनौतीहरू बुझ्न मद्दत गर्नेछ, जसको आधारमा भविष्यमा व्यवहारिक र प्रभावकारी पहल अघि बढाइनेछ।

शिक्षा केवल सरकार वा विद्यालयको जिम्मेवारी मात्र होइन।
सचेत युवा, निरन्तर निगरानी र जिम्मेवारीबोध बिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन।


