Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

धादिङले स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि जित्यो

Spread the love

धादिङ – धादिङबेसीमा पुस ९ गतेदेखि सञ्चालित स्व. मनाेज श्रेष्ठ स्मृति कप बागमती प्रदेश स्तरीय अन्तरजिल्ला महिला भलिबल प्रतियोगिता २०८२ को उपाधि आयाेजक टिम  धादिङले हात पार्न सफल भएको छ।
धादिङ जिल्ला भलिबल संघले आयोजना गरेको सम्पन्न  प्रतियोगिताको फाइनल खेलमा धादिङले सिन्धुपाल्चोकलाई लगातार तीन सेटमा पराजित गर्दै च्याम्पियन बन्न।सफल भएको हाे । आज भएको  फाइनल खेलमा धादिङले पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–७ को धेरै अन्तर अंक साथ जित उपाधि हात पारेको हो।


उपाधिका साथ धादिङले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको सिन्धुपाल्चोकले १ लाख रुपैयाँ हात पारेको छ। त्यसै गरी  तेस्रो स्थान हात पार्न सफल भएको छ रामेछाप ।  तेस्रो स्थानका लागि रामेछाप र नुवाकोट बीच खेल भएको थियो ।
तेस्रो स्थानले ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।
प्रथम हुन सफल धादिङको टिम: पवित्रा नेपाली , जमुना गुरुङ, सलिना गुरुङ, वाल्मिका आचार्य, भावना तामाङ, रेविका लामा तामाङ, आकृति बराम, कृषला बराम, अमृता थापामगर, , गंगा गुरूङ,प्रतिक्षा थापामगर र बबिता तामाङ ।
द्धितीय  हुन सफल सिन्धुपाल्चोक टिम: ग्याल्मु तामाङ, अनन्या लामा, पासाङ डिकी तामाङ, सुमिता राना मगर, युनिशा श्रेष्ठ, विनिता तामाङ, एलिना नेपाल, मिङ्मार लामा, कञ्चना तामाङ, सृजना घले र ममता तामाङ ।
विधागत पुरस्कार विजेता
१.  उत्कृष्ट खेलाडी: रेविका तामाङ (धादिङ)     
२.बेस्ट डिफेन्डर: जमुना गुरुङ (धादिङ)
३.बेस्ट सेटर: भावना तामाङ (धादिङ)
४.बेस्ट ब्लकर: वाल्मिका आचार्य (धादिङ)
५.बेस्ट सर्भर: एलिसा श्रेष्ठ (रामेछाप)
६.बेस्ट स्पाइकर: सलिना गुरुङ (धादिङ)
यस प्रतियोगितामा धादिङ, रसुवा, नुवाकोट,चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप गरी ८ जिल्लाका ९ टिम सहभागी रहेका थिए।
धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) को सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गाना प्रमुख अतिथ्ययता रहेको थियो भने विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लाका प्रमुख व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top