Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

महासंघ ललितपुरद्वारा ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना

Spread the love

ललितपुर – नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ललितपुर जिल्लाका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। महासंघ ललितपुर शाखा र स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यबीच बुधबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अक्षय कोष स्थापना सम्बन्धी सहमति–पत्रमा हस्ताक्षर भएसँगै पुरस्कार औपचारिक रूपमा स्थापना गरिएको हो।

सहमति–पत्रमा महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की र मुक्तिनाथ आचार्यले हस्ताक्षर गरेका छन्। महासंघ ललितपुर शाखाका अनुसार उक्त पुरस्कार प्रत्येक साधारण सभाको अवसरमा वितरण गरिनेछ। पुरस्कार महासंघ ललितपुर शाखासँग आबद्ध क्रियाशील पत्रकारहरूको वार्षिक कार्य मूल्याङ्कनका आधारमा उत्कृष्ट पत्रकारलाई प्रदान गरिने व्यवस्था गरिएको छ। सहमतिअनुसार मुक्तिनाथ आचार्यले पुरस्कार स्थापनाका लागि महासंघ ललितपुर शाखालाई दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराएका छन्। यसमा महासंघ ललितपुर शाखाले थप ५० हजार रुपैयाँ गरी तीन लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ।

अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट मात्र पुरस्कार वितरण गरिने महासंघ ललितपुर शाखाका सचिव दीपक अर्यालले जानकारी दिए। उनका अनुसार उक्त पुरस्कार स्वर्गीय सम्राट आचार्यको स्मृतिमा स्थापना गरिएको हो। सम्राट आचार्य ‘युवा आलोक मासिक’ पत्रिकाका सम्पादकसमेत रहेका थिए। महासंघ ललितपुर शाखाका अनुसार पुरस्कार विशेष रूपमा क्यान्सर रोगका विषयमा कलम चलाउने तथा सोसम्बन्धी अनुसन्धानात्मक लेख लेख्ने पत्रकारलाई प्रदान गरिनेछ। कार्यक्रममा बोल्दै अग्रज पत्रकार प्रभुनारायण बस्नेतले पुरस्कार स्थापना सकारात्मक पहल भएको बताए। उनले यस्ता पुरस्कारले पत्रकारितामा अनुसन्धानमूलक लेखनलाई प्रोत्साहन गर्ने धारणा व्यक्त गरे।

स्वर्गीय सम्राट आचार्यका पिता मुक्तिनाथ आचार्यले छोरा सम्राटले पत्रकारितामार्फत समाजका विषय उठान गर्ने प्रयास गरेको स्मरण गर्दै उनको जन्मोत्सवको अवसर पारेर पुरस्कार स्थापना गरिएको जानकारी दिए। स्वर्गीय सम्राट आचार्यको गत पुस १६ गते २७ वर्षको उमेरमा क्यान्सर रोगका कारण निधन भएको उनका दाजु समर्पण आचार्यले जानकारी दिए। महासंघ ललितपुर शाखाले यसअघि ‘हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार’ र ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ समेत स्थापना गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top