Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

लघुवित्त शोषणविरुद्धको संघर्षलाई सदनसम्म लैजाने संकल्पसहित रमेश सेन्चुरी चुनावी मैदानमा

Spread the love


सुर्खेत – सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट आम जनता पार्टीका तर्फबाट मोबाइल चिन्हका उम्मेदवार रमेश सेन्चुरी चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ। लघुवित्त, सहकारी तथा बैंकको नाममा वर्षौँदेखि आम जनतामाथि भइरहेको वित्तीय शोषण, अन्याय र उठिबासको विरुद्ध नडराई आवाज उठाउँदै आउनु भएका सेन्चुरी जनपक्षीय राजनीतिका सशक्त प्रतिनिधि मानिनुहुन्छ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहँदै नेतृत्व गर्दै आउनु भएका सेन्चुरी हाल लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिको केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनु भएको छ। चर्को ब्याज, अमानवीय व्यवहार र लघुवित्तको जालोमा परेर पीडित तथा विस्थापित बनाइएका नागरिकको हक–अधिकारका लागि उहाँ वर्षौँदेखि निरन्तर संघर्षरत रहँदै आउनुभएको छ।
जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने यो आन्दोलनले नेपालको विद्यमान आर्थिक तथा राजनीतिक संरचनामाथि गम्भीर प्रश्न उठाइरहेको छ। हाल जेन–जी आन्दोलनसँगै सडक र सदन दुवैलाई एकसाथ अघि बढाउने अवस्था निर्माण भएको बताइएको छ।
आम जनता पार्टी र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिबीच भएको कार्यगत एकताका आधारमा पार्टीले रमेश सेन्चुरीलाई सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो।
उम्मेदवार सेन्चुरीले आफ्नो लक्ष्य स्पष्ट पार्दै भन्नु भएको छ,
“मेरो लक्ष्य जनतालाई आर्थिक र सामाजिक शोषणबाट मुक्त गर्नु हो। लघुवित्त माफियाको अन्त्य र वास्तविक विकासका लागि म संघर्षबाट कहिल्यै पछि हट्दिनँ।”
उहाँले सुर्खेत क्षेत्र नम्बर १ का सम्पूर्ण सचेत तथा आदरणीय मतदातालाई मोबाइल चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन हार्दिक अपिल गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top