Flash Story
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

थाक्रे–२ मा नेपाली कम्युनिस्ट पार्टीको अगुवा कार्यकर्ता भेला सम्पन्न

Spread the love


धादिङ – नेपाली कम्युनिस्ट पार्टी थाक्रे गाउँपालिका वडा नं. २ को वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाबाट ५६ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।


भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै तारा चिन्हका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेलाई अत्यधिक मतले विजयी गराउने दृढ संकल्प व्यक्त गरेको छ। साथै, पार्टीका विचार, सिद्धान्त र एजेण्डालाई जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने निर्णय गरिएको निर्वाचन परिचालन समितिको सहसंयोजक राजु पौडेलले बताए ।


कार्यक्रममा सहभागी नेताहरूले वडा तहमा संगठन सुदृढीकरण, घरदैलो अभियानलाई तीव्रता दिने, मतदाता भेटघाटलाई व्यवस्थित गर्ने तथा प्रचारप्रसारलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको बताएका छन्। निर्वाचन केन्द्रित गतिविधिलाई योजनाबद्ध रूपमा अगाडि बढाउँदै पार्टीको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको पौडेलले बताए ।


उनले वडा नं. २ मा पार्टीको विजय सुनिश्चित गर्न सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध भएर परिचालन हुने बताए।
भेलाले अनुशासित, सक्रिय र परिणाममुखी रूपमा परिचालन हुँदै यसपटक वडा नं. २ मा पार्टीको मजबुत उपस्थिति स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top