Flash Story

गाँजा ट्रेकिङ’ वाचा ६ वर्षमा शून्य काम — अब के के बाचा गरेर माग्ने भोट ?

Spread the love

धादिङ — धादिङ क्षेत्र नं. १ का उम्मेदवार  भुमि त्रिपाठी ले २०७६ वैशाख १ गते भुमिचुलीमा आयोजना गरिएको कार्यक्रममा चन्द्रागिरी–चेपाङहिल पदमार्गलाई “गाँजा ट्रेकिङ ट्रायल” वा “गाँजा हिल” बनाउने  बताएका थिए।
त्यस बेलाका तत्कालीन  सांसद त्रिपाठीले यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजालाई पर्यटक आकर्षणको प्रडक्ट बनाउने, भ्यूटावर, होमस्टे, पार्क र मूर्ति निर्माण गरी समृद्धि ल्याउने योजना अघि सारेका थिए। उनले भनेका थिए,
“गाँजा ओसारपसार गर्न पाइन्न, तर नाममा प्रतिबन्ध छैन। पर्यटकलाई औषधिको रूपमा चखाउन सकिन्छ।”
तर यी घोषणापछि ६ वर्ष बित्दा जनताले कामको प्रत्यक्ष प्रमाण देख्न सकेका छैनन्।
पदमार्ग निर्माण र ट्रेकिङको आधारभूत पूर्वाधार,भ्यूटावर, मूर्ति, पार्क र होमस्टे प्रवर्द्धनको काम कागजमै सीमित छ।
बजेट र योजना कार्यान्वयनका विवरण अझै स्पष्ट छैन।
राजनीतिक विश्लेषकहरू भन्छन् कि यस किसिमका विवादास्पद घोषणाले मतदाता विश्वासमा प्रश्न उठाउँछ। ६ वर्षअघि भएका वाचालाई पूरा नगरी फेरि चुनावी घोषणामा उभिनु जनताको भरोसा चुनौतीमा राख्ने कदम भएको छ।
एक स्थानीय भन्छन्,
“सांसदले ठूलो सपना देखाएका छन्, तर ६ वर्षमा काम नदेख्दा अब जनताले सवाल गर्छन् — वाचा पूरा नगर्ने नेतृत्वलाई फेरि किन मत दिने?”

निर्णय अब जनताको हातमा छ — भाषण र नारा सुन्ने कि पुरा गरिएका कामको आधारमा विश्वास गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top