Flash Story
लुम्बिनी प्रदेशका लघुवित्त पीडितको सरकारलाई चेतावनी
लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन
राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी
लघुवित्तहरुले पीडितलाई थप संकटमा पार्न षड्यन्त्र गरेः अध्यक्ष ज्ञवाली
धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता
रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

Spread the love

काठमाडौं । नक्कली कागजात प्रयोग गरी नेपाली नागरिकता लिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिनय टिबडेवाल रहेका छन्।
प्राप्त जानकारी अनुसार टिबडेवालले पर्साको बिरगंज उप- महानगरपालिका–१३ बाट नेपाली नागरिकता लिएको बताइएको छ। उनले काठमाडौं महानगरपालिका स्वयम्भू–छाउनी ठेगाना देखाउँदै हेलमेट व्यवसाय सञ्चालन गर्ने गरेको खुलेको छ।
तर व्यवसायको आवरणमा उनले बैंकिङ प्रणाली दुरुपयोग गर्दै कालोसूचिमा परेका व्यक्तिहरूको नाममा नयाँ खाता खुलाउने, चेकबुक प्रयोग गरी अनुचित लेनदेन गर्ने तथा चिनजान नभएका सर्वसाधारणसँग समेत चेक कारोबार गर्ने गरेको आरोप लगाइएको छ।
यस कार्यमा नुवाकोट घर भई हाल काठमाडौं चाबहिल बस्दै आएकी बिन्दा ढुङ्गेलसँग मिलेर सोझा–साझा महिलाहरूलाई ठगी गर्ने गिरोह सञ्चालन गरेको आरोप समेत लागेको छ।
उक्त व्यक्तिलाई स्वयम्भू क्षेत्रबाट अनुचित लेनदेन तथा संघर्ष समितिको पहलमा हिजो पक्राउ गरिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top