Flash Story
प्रधानमन्त्री बालेन्द्र शाहलाई उहाँकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेद्वारा बिदाइ
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किस्ट शिक्षण अस्पताल प्रथम
गजुरीका २५० बाढी प्रभावित परिवारलाई राहत, अब पुनःस्थापनामा जोड
समाजसेवी पवित्रा गौतमद्वारा छोराको जन्मदिनमा बाढी पिडितका लागि रु. ४३,५०० सहयोग
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
ग्यास अभावकै बीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
कृष्णभीरमा ८ घण्टा सवारी, १६ घण्टा मर्मत गर्न विश्वप्रसाद अर्यालको सुझाव
रसुवाका बाढीपीडितलाई लायन्स क्लबको दोस्रो चरणको राहत, सामग्री पठाउने तयारी
आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

Spread the love

निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो – २०८२ ’ हुन भएको छ । ‘ स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म ( बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म ) राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो हुने छ । उक्त एक्स्पोमा व्यवसायीक स्टल ६५ वटा, अफिसियल स्टल ११ वटा, प्रतिस्पर्धा स्टल २ वटा, फूड स्टल २ वटा, ल्याण्डस्केप स्टल १ वटा, सेल्फी स्टल १ वटा तथा बी वाई डी इभी कार स्टल १ वटा सहित गरी जम्मा ८२ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक राम बहादुर तामाङ ( सुनिल ) ले जानकारी दिए । त्यसैगरी, उक्त एक्स्पोमा एकै छानामुनि करिव ५ सय भन्दा बढी प्रजातिका फूल तथा फलफूल र आलंकारिक इनडोर / आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरु, अर्गानिक मल, गार्डनिंग तथा कौशी खेतीलाई आवश्यक पर्ने सामाग्रीहरु, उन्नत बिउबिजन र बगैँचाका आधुनिक औजारहरूबारे प्रत्यक्ष जानकारी र अवलोकन एवं खरिद गर्न पाउनुको साथै पुष्प व्यवसाय शुरु गर्न चाहनेहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्श लिन सकिने फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।

यस वर्ष पनि एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग स्टल, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट तथा उत्कृष्ट कट फ्लावर ( गुलाब, जरबेरा र कार्नेशन ) विधामा पुरस्कृत गरिने छ । विजेताहरूलाई शिल्ड, नगद र प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने छ । उक्त एक्स्पोमा सहभागी हुने नर्सरी वा फर्मले ३ वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् । साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने छ । यस्तै, एक्स्पोमा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता क