Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

Spread the love

काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् ।

यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’

२१ फागुनको निर्वाचनबाट आएका ६ वटा दलमध्ये श्रम संस्कृति पार्टी र राप्रपाको सांसद संख्या १० भन्दा कम छ । श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top