अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन

Spread the love

धादिङ — धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री अमर्खु माध्यमिक विद्यालयमा आयोजित अभिभावक भेला तथा विविध कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ।
नवगठित विद्यालय व्यवस्थापन समितिमा डम्बर तामाङ अध्यक्षमा चयन भएका छन् भने सदस्यहरूमा दिनेश बस्नेत, सुष्मा पुरी, सुनमाया तामाङ, प्रकाश अर्याल र नानी तामाङ रहेका छन्।
विद्यालयका प्रधानाध्यापक भगवती तमौली का अनुसार शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन, उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण, कक्षा १२ का विद्यार्थीहरूको शुभकामना तथा “फेरि भेटौँला” कार्यक्रम, बालमैत्री कक्षा कोठा तथा प्लेस्टेसन उद्घाटन, विद्यालय व्यवस्थापन समिति पुनर्गठनसहित आम अभिभावक भेला सम्पन्न गरिएको थियो।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका शाखा अधिकृत विजय तामाङ, थाक्रे गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका सहायक शिक्षा अधिकृत मुकुन्द अर्याल, थाक्रे गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विजय तामाङ, ICDC नेपालका कार्यक्रम संयोजक उत्तम तिमल्सिना, नारायण ढकाल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसैगरी, विभिन्न क्षेत्रका चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक सङ्घ, शैक्षिक गुणस्तर अनुगमन समिति, अमर्खु शैक्षिक जागरण आमा समूहका प्रतिनिधि, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक भगवती तमौलीले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

विद्यालय प्रशासनले नवगठित समितिलाई सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै, कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top