Flash Story
लुम्बिनी प्रदेशका लघुवित्त पीडितको सरकारलाई चेतावनी
लघुवित्त पीडितको चेतावनी : सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन
राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्योः बालेन सरकारमाथि हाम्रो निगरानी
लघुवित्तहरुले पीडितलाई थप संकटमा पार्न षड्यन्त्र गरेः अध्यक्ष ज्ञवाली
धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ
रोशा श्रेष्ठ : सामाजिक सेवा, सुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर सक्रियता
रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
रोशा श्रेष्ठ : सामाजिक सेवा, स्वास्थ्य र उद्यमशीलतामा सक्रिय नेतृत्व

रास्वपा कीर्तिपुर–२ को प्रथम वडा अधिवेशन सम्पन्न, नयाँ समिति निर्विरोध चयन

Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिका वडा नं. २ को प्रथम ऐतिहासिक वडा अधिवेशन भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट महेश महर्जन निर्विरोध रूपमा सभापतिमा चयन भएका छन्।

त्यसैगरी दीपक धमला उपसभापति, सविन बाबु महर्जन सचिव तथा ठाकुर राम न्यौपाने, शर्मिला श्रेष्ठ, लक्ष्मी शोभा महर्जन, सरस्वती अर्याल, सुनीता के.सी., नीलकण्ठ महर्जन र प्रकाश अधिकारी सदस्यमा निर्विरोध चयन भएका छन्।

कार्यक्रममा काठमाडौँ क्षेत्र नं. १० का प्रतिनिधि सभा सदस्य तथा काठमाडौँ जिल्ला सभापति माननीय प्रदिप बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला, क्षेत्र तथा नगर समितिका प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशन सम्पन्न भएको अवसरमा माननीय प्रदिप बिष्टले नवनिर्वाचित टिमलाई बधाई दिँदै जिम्मेवारीपूर्ण ढंगले जनताको विश्वास जित्ने गरी काम गर्न शुभकामना व्यक्त गर्नुभयो।

रास्वपा कीर्तिपुर नगर समितिका संयोजक बिटराज थापाले सम्पूर्ण टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जनताको आशा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी नगर उपसंयोजक रोशा श्रेष्ठले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण आयोजक टिम, सहभागी सदस्य तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित टिमले जिम्मेवार, पारदर्शी र सक्रिय नेतृत्व प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top