Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

धादिङमा ५१ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

Spread the love

धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.२ होवाङबाट ठुलो परिणामको लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा होवाङका वर्ष ३५ को विर बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराएको हो ।
विशेष सूचनाको आधारमा बिहीबार इलाका प्रहरी कार्यालय गजुरी बाट खटिएको प्रहरी टोलीले तामाङलाई अफिम, भरुवा बन्दुक तथा डिजिटल तराजुसहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पहिलेदेखी नै लागू औषध मुद्दामा संलग्न रही फरार रहेका तामाङ घरमै रहेको र लागू औषध तथा अवैध हातहतियार लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा बाख्राको गोठभित्र लुकाइछिपाइ राखिएको अवस्थामा दुई थान डिजिटल तराजु, ४ फिट ६ इन्च लम्बाइको एक थान भरुवा बन्दुक र दुई थान मोबाइल समेत फेला परेको थियो ।
प्रहरीले घरको कोठाभित्र रहेको सेतो रंगका पाँच वटा प्लास्टिकको बाल्टीमा लागू औषध अफिम जस्तो देखिने कालो पदार्थ फेला पारेको जनाएको छ ।
स्थानीय जनप्रतिनिधिको रोहबरमा गरिएको तौल अनुसार बाल्टीसहित उक्त पदार्थको तौल ५४ किलो ३२० ग्राम रहेको र बाल्टीबाहेक शुद्ध तौल ५१ किलो १८० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तामाङविरुद्ध लागू औषध अफिम तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत धादिङमा म्याद थपका लागि पेश गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका विर बहादुर यसअघि पनि लागू औषध तथा हातहतियार सम्बन्धी मुद्दामा संलग्न रहेका थिए ।
मिति २०७५ मंसिर २८ गते बागमती प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गजुरी बाट खटिएको संयुक्त टोलीले तामाङको घरबाट एक नाल भरुवा बन्दुक तथा १२ वटा प्लास्टिकको बोरामा राखिएको करिब ३०० किलो गाँजा बरामद गरेको थियो ।
उक्त घटनापछि उनी फरार रहँदै आएका थिए । प्रहरीका अनुसार लामो समयदेखि सूक्ष्म निगरानी र खोजतलास जारी राखिएको अवस्थामा यसपटक अफिम र हातहतियारसहित उनलाई पक्राउ गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top