Flash Story
डिडिसीमा व्यापक अनियमितता भएको पूर्व सञ्चालक समिति अध्यक्षको खुलासा
युवतीलाई गोप्य अङ्ग देखाउनेको भिडिओलाई लिएर गृहमन्त्रीको प्रतिक्रिया: आरोपी पक्राउ, पीडितको साहसको प्रशंसा
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड
मिडियामा आर्थिक नाकाबन्दी, सरकार अधिनायकवाद उन्मुख भएकोे संकेत
निलो प्रेम पढिरहेकी शिक्षा, तर नौलो जीवन टाढिँदै थियो…
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

थाक्रे–२ मा रोपाइँ कार्यक्रम सम्पन्न, परम्परागत खेती संरक्षणमा जोड

Spread the love

धादिङ । थाक्रे गाउँपालिका वडा नं. २ को आयोजनामा ‘रोपाइँ कार्यक्रम–२०८३’ बाजागाजासहित भव्य रूपमा सम्पन्न भएको छ। कृषि संस्कृतिको संरक्षण, किसानप्रति सम्मान तथा परम्परागत खेती प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, किसान, स्थानीयवासी, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बाजागाजासहित सुरु भएको कार्यक्रममा सहभागीहरूले हलगोरुबाट खेत जोतेर सामूहिक रूपमा धान रोपाइँ गरेका थिए। रोपाइँसँगै असारे गीत, हिलो खेल्ने र परम्परागत सांस्कृतिक गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. २ का अध्यक्ष टिकाराम तामाङले कृषिप्रधान देश नेपालको मौलिक कृषि परम्परालाई संरक्षण गर्दै हलगोरुबाट गरिने खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

त्यसैगरी थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले असार १५ गते पूर्णिमा परेकाले परम्पराअनुसार त्यस दिन हलगोरु नजोतिने भएकाले असार १६ गते कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले आधुनिक प्रविधिसँगै परम्परागत खेती प्रणालीको संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाले निरन्तर प्राथमिकता दिने बताए।

‘कृषिको सम्मान, किसानको पहिचान’ भन्ने नारासहित सम्पन्न कार्यक्रमले परम्परागत कृषि संस्कृति जगेर्ना गर्दै समुदायबीच एकता र सहकार्यको सन्देश दिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top