Flash Story
पशुपति क्षेत्रमा ‘सफागरौँ’ अभियान सम्पन्नचार सोमबारदेखि निरन्तर सञ्चालन भएको अभियानमा ५ सयभन्दा बढी स्वयंसेवक परिचालन
हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
लघुवित्त पीडित र सरकारबीचभएको सहमति बारे भ्रम नफैलाउन समितिको अपिल
बाजुरामा वर्षेनि खाद्यान्न अभावको अन्त्य गर्ने
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख ५० हजार ठगी, दुई जना पक्राउ
सुनकोशी नदीमा कार खस्यो
५ वटा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
सरकार र लघुवित्त पीडितबीच पाँच बुदे सहमति, अनशनका कार्यक्रम फिर्ता

साउन १५ आज: खिर खाएर मनाइँदै परम्परागत पर्व

Spread the love

काठमाडौं – आज साउन १५ गते देशभर खिर खाएर परम्परागत रूपमा मनाइँदै छ। नेपाली समाजमा असार १५ गते दही–च्युरा खाने र साउन १५ गते खिर खाने चलन रहिआएको छ।
वर्षायाममा पर्ने साउने झरीका बेला तातो खिर सेवन गर्दा स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वास छ। दूध, चामल, चिनी तथा मरमसलालगायतका सामग्री मिसाएर बनाइने खिरले शरीरलाई ऊर्जा दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विश्वासका कारण पनि यो परम्परा पुस्तौंदेखि निरन्तर रहँदै आएको मानिन्छ।
धार्मिक, सांस्कृतिक र स्वास्थ्यसँग जोडिएको यस परम्पराले परिवारका सदस्यलाई एकै ठाउँमा भेला गराई खुसी साटासाट गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top