Flash Story
गजुरीका २५० बाढी प्रभावित परिवारलाई राहत, अब पुनःस्थापनामा जोड
समाजसेवी पवित्रा गौतमद्वारा छोराको जन्मदिनमा बाढी पिडितका लागि रु. ४३,५०० सहयोग
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
ग्यास अभावकै बीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
कृष्णभीरमा ८ घण्टा सवारी, १६ घण्टा मर्मत गर्न विश्वप्रसाद अर्यालको सुझाव
रसुवाका बाढीपीडितलाई लायन्स क्लबको दोस्रो चरणको राहत, सामग्री पठाउने तयारी
आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग

थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने

Spread the love

धादिङ । थाक्रे गाउँपालिकाको १५८औँ कार्यपालिका बैठकले हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि राहत, उद्धार तथा सहयोगसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले बाढी तथा पहिरोका कारण मृत्यु भएका तथा हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु. ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गाउँपालिका अध्यक्षबाट रु. ३० हजार, उपाध्यक्षबाट रु. ३० हजार, वडा अध्यक्षबाट रु. १५ हजार र वडा सदस्यहरूबाट रु. ५ हजारका दरले सहयोग गर्ने निर्णय गरिएको छ। यसबाट कुल रु. ५ लाख १५ हजार नगद सहयोग उपलब्ध गराइनेछ।

त्यसैगरी, बाढी तथा पहिरोबाट अति प्रभावित उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका लगायत संकटग्रस्त स्थानीय तहहरूमा आवश्यकताअनुसार अत्यावश्यक राहत सामग्री तत्काल हस्तान्तरण गरी सहयोग गर्ने निर्णय गरिएको छ।

थाक्रे गाउँपालिकाले मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा रु. १० लाख सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले गरेको यी निर्णयलाई महत्वपूर्ण मानिएको छ।

#ThakreGaunpalika #Dhading #FloodRelief #DisasterManagement #RasuwaFlood #Relief