Flash Story
७ लाखको राहतदेखि सरसफाइ र खोजीमा राष्ट्रिय युवा संघ धादिङ
बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग
नुवाकोटमा समाजसेवी दयाराम कार्कीको राहत तथा उद्धार अभियान सातौँ दिनमा
बाढीको कहर र राहतमा लायन्स
सुमित्रा के.सी.को नेतृत्व यात्रा निरन्तर, रिजन चेयरपर्सनको जिम्मेवारीमा
पाँचौँ दिन पनि बाढीपीडितकै बीचमा दयाराम कार्की, राहत र उद्धारमा निरन्तर सक्रिय
थाक्रे गाउँपालिकाले बाढीपहिरो पीडितलाई ५० हजार राहतदेखि राहत कोषमा १० लाखसम्म सहयोग गर्ने
लायन्स क्लबद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन

बाढीपीडितको उद्धारमा खटिएका स्काउट स्वयंसेवकलाई लायन्सको सहयोग

Spread the love

काठमाडौं । बाढीपीडितको उद्धार तथा मानवीय सेवामा खटिएका स्काउट स्वयंसेवकहरूलाई लायन्स क्लबले सहयोग गरेको छ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालअन्तर्गत लायन्स क्लब अफ अटल इन्द्रावती, लायन्स क्लब अफ वैशधारा र लायन्स क्लब अफ अटल पिङ्लिस्तानको संयुक्त पहलमा उद्धारमा खटिएका स्काउट स्वयंसेवकका लागि ७५ थान स्काउट टी–सर्ट हस्तान्तरण गरिएको हो।
मानवीय सेवामा खटिएका स्वयंसेवकका लागि आवश्यक टी–सर्ट उपलब्ध गराई सहयोग गरेकोमा प्रिन्टफोलियो, न्युरोडका निर्देशक रोशन शाह तथा उहाँको परिवारप्रति लायन्स क्लब परिवारले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
उक्त टी–सर्ट बागमती प्रदेश स्काउट संयोजक विधुर गिरीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा लायन्स क्लब अफ अटल पिङ्लिस्तानका चार्टर प्रेसिडेन्ट तथा लियो टु लायन्स चेयरपर्सन दुर्गा थापा, लायन्स क्लब अफ वैशधाराकी रिजन चेयरपर्सन सुमित्रा के., लायन्स क्लब अफ अटल इन्द्रावतीका पूर्व अध्यक्ष तथा जोन चेयरपर्सन सरोजकुमार थापा र क्लबका अध्यक्ष रोहितजंग खड्कालगायतको उपस्थिति थियो।
विपद्को समयमा उद्धार तथा राहत कार्यमा अग्रपंक्तिमा खटिने स्वयंसेवकहरूको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस सहयोगले उनीहरूलाई थप हौसला प्रदान गर्ने लायन्स क्लबले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top