Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

Month: October 2026

पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?

काठमाडौं । पत्रकारमाथि धरपकड र संचारगृहमा प्रहरीको प्रवेश वर्तमान सरकारको गैरसंविधानिक कदम भएको भन्दै पत्रकार नेताहरुले आक्रोश व्यक्त गरेका छन् । शनिबार काठमाडौंको संवाद डबलीमा भएको अन्तरक्रियामा उनिहरुले प्रेसमाथिको प्रहारले सरकारले शाहीकालिन झल्को दिएको र उसले पतनको बाटो रोजेकोसमेत बताए । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले वर्तमान सरकारको प्रेस स्वतन्त्रतामाथि सिधासिधा हस्तक्षेपले लोकतन्त्रको घाँटी […]

रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

काठमाडौं  रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को नेतृत्वको टोलीले रसुवा बाढी पीडितलाई राहत वितरण गरको छ । रिन्पोछेसहितको टोली हालै बाढी प्रभावित क्षेत्र रसुवामा पुगि अत्यावश्यक खाद्यन्न तथा शैक्षिक सामग्रि वितरण गरेको समाजसेवी इन्द्र रोकायाले बताएका छन् । समाजसेवी तथा बौद्ध धर्मगुरु रानाग टुल्कु रिन्पोछे (डोल्पोबुद्ध) रसुवा बाढी पीडितको दुःखमा मलम लगाउन पुगेको स्थानीयले बताएका छन् ।   गत भदौ १० गते भोटेकोसी नदिमा आएको रसुवा बाढीले ठुलो जनधनको क्षती भएको थियो । सो विपद्मा हजारौंले ज्यान गुमाउनुका साथै, हजारौं पीडितलाई अहिलेसम्म पनि सरकारले उचित व्यवस्थापन गर्ननसक्दा घरबार विहिन नै भएका छन् । सो क्षेत्रमा बालबालिकाको शैक्षिक अवस्था अन्यौलतामा गुज्रिएको छ ।  डोल्पोबुद्धले बाढी गएको पहिलो हप्तामा नै ५ लाख भन्दा बढीको राहत पहिलो चरणमा वितरण गरिसकेका थिए । त्यसैगरी दोश्रो चरणमा पनि सरकारले उद्दार गरेर काठमाडौं ल्याएका नागरिकलाई लत्ताकपडा वितरण गरेका थिए । बुधबार तेस्रो चरणको राहत कार्यक्रम रसुवा जिल्लाको कालिका गाउँपालिका –१ वडाको सेतिभूमि मा.वि मा ६ सय घरपरिवारलाई खाद्यान्न र ३ सय ३५ बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । त्यसैगरी कालिका गाउँपालिका–२ स्थित ग्रिन गार्डेन बोडिङ स्कूलका ३२ जना बालबालिकालाइ झोला, कापी र कलमलागायतका शैक्षिक सामग्री वितरण गरिएको गुरु डोल्पोबुद्धले जनाए । साथै रिन्पोछेले नेपालको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति प्रेम, करुणा र सहयोगका हातहरू फैलाउँदै विपद् प्रभावित समुदायमा आशा जगाउन एकजुट हुन आह्वान गरे । यो अभियानमा स्नो ल्याण्ड रानाक स्कुल, नेपाल बोनबुद्धिष्ट महासंघ र कालिका गाउँपालिका–१, लगायतले आर्थिक तथा भौतिक सहयोग रहेको बताइएको छ । कालिका गाउँपालिका–१ का अध्यक्ष दावा लामाले सहयोगका लागि गुरु डोल्पोबुद्धलाई धन्यवाद दिदैं संघ र प्रदेश सरकारबाट नगद लगायत अन्य राहत अपेक्षित नपाएकोले सबै सहयोगी दाता, संघ–संस्था र सहयोगि मनहरुलाई अझै सहयोगको अपेक्षा रहेको बताए ।

मलेखुमा अस्थायी पन्टुन पुल बनेपछि संघीय सांसदहरूको भूमिकामाथि प्रश्न, धादिङका जनताको आक्रोश

धादिङ:लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका धादिङका जनताले पटक–पटक सास्ती खेप्नुपर्दा पनि संघीय सरकारको पर्याप्त ध्यान नपुगेको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको छ। धादिङका नागरिकले लामो समयसम्म भोग्नुपरेको यातायात तथा आवागमनको समस्याका बीच स्थानीय सरकारको आफ्नै पहलमा मलेखुमा अस्थायी पन्टुन पुल निर्माण भएपछि संघीय सांसदहरूको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। गोर्खा र नुवाकोटमा पुल निर्माणका कामले प्राथमिकता पाउँदा धादिङका जनताले भने किन लामो समयसम्म यति ठूलो सास्ती भोग्नुपर्‍यो? धादिङबाट निर्वाचित संघीय सांसदहरूले जनताको समस्यालाई संघीय सरकारसमक्ष प्रभावकारी रूपमा किन उठाउन सकेनन्? अहिले धादिङवासीले यस्ता प्रश्न गरिरहेका छन्। जनताको दैनिक जीवन, आवागमन र सहजतालाई प्रत्यक्ष असर पार्ने विषयमा समेत समयमै पहल हुन नसक्नु दुःखद पक्ष हो। चुनावका बेला जनतामाझ पुग्ने जनप्रतिनिधिहरू संकटका बेला जनताको समस्या समाधान गर्न कति जिम्मेवार बने भन्ने प्रश्न अहिले स्वाभाविक रूपमा उठेको छ। राजनीतिक दल र पार्टीभन्दा माथि उठेर जनताको दुःख, समस्या र संकटलाई बुझ्दै आफ्नै पहलमा राहत तथा आवागमनको विकल्प खोज्ने स्थानीय तहका प्रमुखहरूको प्रयास भने प्रशंसनीय छ। जनतालाई भाषण होइन, संकटका बेला काम चाहिन्छ। आश्वासन होइन, परिणाम चाहिन्छ। मलेखुमा अस्थायी पन्टुन पुल निर्माणका लागि पहल गर्ने स्थानीय तहका प्रमुख तथा सम्बन्धित सबैप्रति हार्दिक सम्मान र धन्यवाद। धादिङका जनतालाई सधैँ आश्वासन र भ्रममा राखेर हुँदैन। जनताको धैर्यको पनि सीमा हुन्छ। अब सम्बन्धित संघीय निकाय र जनप्रतिनिधिहरूले जवाफदेहिता देखाउँदै दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न आवश्यक भएको कुरा वेग बहादुर लगुन ले बताए का छन

चोरीको मोटरसाइकल सहित मानिस नियन्त्रणमा

काठमाडौं महानगरपालिका- २४ स्थित मिखाको फसिकेवबाट मोटरसाइकल हराएको भनि प्रहरी वृत्त जनसेवामा निवेदन प्राप्त भए पश्चात् खोजतलास गर्ने क्रममा मिति २०८३/०७/११ गते १२ :२५ बजेको समयमा प्रहरी वृत स्वयम्भूको प्रहरी टोलीले काठमाडौं महानगरपालिका- १५ किमडोल स्थितबाट उक्त मोटरसाइकल चोरी गर्ने मानिस जिल्ला बारा सिमरा नगरपालिका-६ घर भई थानकोट बस्ने वर्ष १९ को मनिस शेखलाई चोरी […]

मुस्लिम महिलाको नेतृत्व र प्रतिनिधित्व अभिवृद्धिदेखि शिक्षासम्म, मन्त्री सिता बादीद्वारा मुस्लिम आयोगसँग छलफल

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मुस्लिम आयोगका अध्यक्ष तथा पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। छलफलमा मुस्लिम समुदायको हकअधिकार संरक्षण, सामाजिक तथा आर्थिक विकास र विशेषगरी मुस्लिम महिलाको सहभागिता तथा प्रतिनिधित्व अभिवृद्धिका विषयमा विचारविमर्श भएको छ। छलफलका क्रममा मुस्लिम महिलालाई स्थानीय तह, प्रदेश तथा विभिन्न सार्वजनिक संरचनामा सहभागी गराउने र निर्णय प्रक्रियामा उनीहरूको प्रतिनिधित्व बढाउने विषयमा मन्त्री बादीले विशेष चासो व्यक्त गर्नुभएको थियो। मुस्लिम महिलाको क्षमता विकास, शिक्षामा पहुँच, आर्थिक अवसरको विस्तार र नेतृत्व तहमा सहभागिता बढाउन आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। त्यसैगरी, मुस्लिम समुदायको शैक्षिक अवस्था सुधारका लागि मदरसालाई आधुनिक शिक्षासँग आबद्ध गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय र सहकार्य आवश्यक रहेकोबारे विचारविमर्श भएको थियो। मुस्लिम समुदायको पहिचान र अधिकार संरक्षणका लागि मुस्लिम थर सूचीकरणको कार्यलाई यथाशक्य चाँडो स्वीकृत गराउने पक्षमा मन्त्रालय रहेको मन्त्री बादीले स्पष्ट पार्नुभएको थियो। मुस्लिम समुदायका वास्तविक आवश्यकता तथा समस्यालाई सरकारी नीति, योजना र कार्यक्रममा समेट्दै शिक्षा, सामाजिक सहभागिता र समावेशी विकासका अवसर विस्तार गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। आयोगका सुझाव तथा सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय र सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा जोड दिइएको थियो

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले भन्योः माग सम्बोधन नभए आन्दोलन गर्छौ

काठमाडौं । नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा २०८१÷८२ को शिक्षक आन्दोलन तुहिएको दाबी गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा युनियनले गरेको पत्रकार सम्मेलनमा आफूहरुको माग संबोधन नगरे आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ । युनियनका अध्यक्ष विष्णु खत्रीले ८ बुँदे माग पत्र प्रस्तुत गर्दै आफूहरुका माग सरकारले तत्काल […]

अक्रम खाँलाई मध्यरातमा गिरफ्तार गर्दैमा देशभक्तहरु डराउँदैनन्ः जेनजी प्रवक्त विर्जन विक

काठमाडौं : राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्रम खाँलाई गरिफ्तार गरेर आफूहरुको आन्दोलन विथोल्न खोजेको आरोप लगाएको छ । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित खबरदारी कार्यक्रममा जेनजीहरुले आनीको नियुक्तिविरुद्धको आन्दोलन नरोकिनेसमेत चेतावनी दिएका छन् । अभियानले खाँ गिरफ्तार भएलगत्तै सरकारलाई दबाब दिएको थियो, सोपछि मंगलबार अपराह्न उनलाई सरकार रिहा गर्न बाध्य भएको […]

एनपीएल २०२६ : जितको लक्ष्यसहित मैदानमा उत्रिँदै चितवन राइनोज

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज हुने दुई खेलमध्ये पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। वाग्मती प्रदेशको प्रतिनिधित्व गर्ने चितवन यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यमा छ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले विश्व क्रिकेटका चर्चित अलराउन्डर सिकन्दर रजालाई टोलीमा भित्र्याएको छ। जिम्बाब्वेका कप्तान रजाको ब्याटिङ र बलिङ दुवै […]

नर्सिङ स्टाफ खोज्दै सिएमसी, कात्तिक १५ सम्म आवेदन दिन सकिने

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले नर्सिङ स्टाफ नियुक्त गर्न आवेदन माग गरेको छ। भरतपुर महानगरपालिका–१० मा रहेको अस्पतालले योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप देवकोटाका अनुसार नर्सिङ सेवाको गुणस्तर अभिवृद्धि गर्दै बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारी नियुक्त गर्न लागिएको हो। अस्पतालले […]

कम्युनिस्ट आन्दाेलन्: वर्गीय चेतना, मुक्ति र सर्वहारा अन्तर्राष्ट्रियतावाद

विषय प्रवेश: कम्युनिस्ट आन्दोलनको सार र मूल मर्म वर्गीय चेतना, मुक्ति र सर्वहारा अन्तर्राष्ट्रियतावाद हो । संसारका मजदुरहरू एक होऔं !भन्ने नाराबाट सुरु भएको मालेमावादी दर्शनले मानव समाजलाई भूगोल , जात, भाषा, धर्म वा नस्लको आधारमा नभई मुख्य रूपमा दुई भागमा बाँडेर हेरेको छ । त्यो भनेको शोषक वर्ग र शोषित वर्ग हो । कम्युनिस्ट […]

Back To Top