Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

चोभार–ड्राइपोर्ट सडकमा जोखिमै जोखिम, खाल्डाखुल्डीले दुर्घटनाको त्रास

Spread the love

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभार गेटदेखि ड्राइपोर्टसम्मको सडक अहिले खाल्डाखुल्डी, हिलो, माटो र अव्यवस्थित सडक कटानका कारण जोखिमपूर्ण बनेको छ।

सडक निर्माण तथा नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसँग सम्बन्धित कामका क्रममा विभिन्न स्थानमा सडक तथा सडकछेउ खनिएको देखिन्छ। तर खनिएका भाग लामो समयसम्म व्यवस्थित रूपमा नपुरिँदा यात्रु तथा स्थानीयवासी जोखिममा परेका छन्।

कतिपय ठाउँमा सडकमा ठूला खाल्डा छन् भने सडकछेउका नालीसमेत जोखिमपूर्ण अवस्थामा छन्। वर्षा हुँदा पानी र हिलो जम्ने तथा सवारी साधन चिप्लिने समस्या थपिने स्थानीयको गुनासो छ।

विशेषगरी मोटरसाइकल चालक र पैदल यात्रुका लागि सडकको अवस्था थप जोखिमपूर्ण देखिन्छ। काम भइरहेको स्थानमा पर्याप्त सुरक्षा घेराबार, स्पष्ट चेतावनी संकेत तथा रातिको समयमा देखिने सुरक्षा व्यवस्था नहुँदा जोखिम अझ बढ्न सक्ने देखिन्छ।

दसैँका लागि ठूलो संख्यामा नागरिक घर फर्किने तयारीमा रहेका बेला चोभार–ड्राइपोर्ट सडकको अवस्था भने अस्तव्यस्त छ।

विकास निर्माणका नाममा सडक खनेर छाड्दा सर्वसाधारणले जोखिम मोल्नुपर्ने अवस्था आउन नहुने स्थानीयको भनाइ छ।

स्थानीयवासीले निर्माणको काम रोक्न नभई सुरक्षित र व्यवस्थित रूपमा काम गर्न माग गरेका छन्।

उनीहरूले खनिएका सडक तत्काल पुर्न, खाल्डाखुल्डी सम्याउन, पानी जम्ने समस्या हटाउन, सडकछेउका नाली व्यवस्थित गर्न तथा जोखिमयुक्त स्थानमा पर्याप्त चेतावनी संकेत र सुरक्षा घेराबार राख्न माग गरेका छन्।

चोभार गेटदेखि ड्राइपोर्टसम्मको सडकको तत्काल निरीक्षण गरी जोखिमयुक्त स्थान पहिचान गर्न कीर्तिपुर नगरपालिका, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निर्माण पक्षको ध्यानाकर्षण आवश्यक देखिन्छ।

दसैँको मुखमा बढ्ने सवारी चापलाई ध्यानमा राख्दै सडकको जोखिम तत्काल हटाउने कि दुर्घटना भएपछि मात्रै सम्बन्धित निकायको ध्यान जाने?

स्थानीयवासीको यही प्रश्न अहिले सम्बन्धित निकायसामु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top