
काठमाडौं – अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका बिक्की कुमार महतोलाई २०८३ असोज २१ गते साँझ करिब ५ बजे काठमाडौं महानगरपालिका–११, माइतीघरस्थित सडकबाट नियन्त्रणमा लिइएको हो।
सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले सोधपुछ तथा चेकजाँच गर्दा महतो 1xBet र Mobcash Application मार्फत अनलाइन सट्टेबाजी तथा जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको खुलेको जनाएको छ।
