Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

जुवा (कौडा) खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार ३ सय नगद रकम सहित ७ जना मानिसहरू नियन्त्रणमा

Spread the love
Oplus_131072

मिति २०८३।०६।२६ गते अन्दाजी ००:३० बजेको समयमा जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनी स्थित एक घरको दोस्रो तल्लामा हारजित हुने गरी जुवा (कौडा) खेली/खेलाई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीको उक्त स्थानमा पुगी चेकजाँच गर्दा जुवा (कौडा) खेलिरहेको अवस्थामा नगद रु ५,५२३००।- ( पाँच लाख बाउन्न हजार तिन सय) र ६३ वटा कौडा सहित निम्न मानिसहरूलाई फेला पारी नियन्त्रणमा लिइ जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको ।

निम्नः-

१. जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ घर भइ बस्ने वर्ष ३९ को विर बहादुर तामाङ,२. ऐ.ऐ. घर भइ बस्ने वर्ष ४९ को बुद्धि बहादुर तामाङ,३. ऐ.ऐ. घर भई बस्ने बर्ष २९ को राजन तामाङ,४. जिल्ला सिन्धुपालचोक, मेलम्ची नगरपालिका-३ घर भई काठमाडौं, गोकर्ण बस्ने वर्ष २८ को समर तामाङ,५. जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भई काठमाडौं, थली बस्ने वर्ष ३४ को बिक्की लामा,६. जिल्ला सिन्धुपालचोक, पाँचपोखरी थाङपाल गा.पा. घर भई हाल काठमाडौं, माकलबरी बस्ने वर्ष ३९ को रबि थीङ,७. जिल्ला सिन्धुपाल्चोक चौतारा घर भई ऐ.ऐ.बस्ने वर्ष ४० को प्रबिन तामांङ ।

(निजहरूको CRS विवरण चेकजाँच गर्दा यस कार्यालयबाट मिति २०८३।०५।२९ गते बिक्की लामा गरुड क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परी धरौटीमा छुटेको देखिन आएको र रबि थीङ समेत विभिन्न मितिमा जुवामा संलग्न देखिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top