Flash Story
भाइटीकामा आर्थिक अभाव भएका दिदीबहिनीलाई कृष्णप्रसाद चालिसेले निःशुल्क फूलमाला र यातायात दिने
जुवा तास खेलिरहेको अवस्थामा ६ लाख भन्दा बढि रकम सहित ९ जना मानिसहरू नियन्त्रणमा
कर्नाली उपेक्षा र उज्यालो पुस्तक’को विमोचन गर्दै प्रचण्डले भने–‘राष्ट्र नै के हुने हो भन्ने अवस्था आएको छ’
रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
खोटेहाङ गाउँपालिका उपाध्यक्ष राईले ११ करोड ठेक्कामा मजदुरहको लाखौं पारिश्रमिक नदिएको गुनासो
६ सय नगद रकम सहित २१ जना मानिसहरू नियन्त्रणमा
अवैध रूपमा पटका जन्य विस्फोटक पदार्थ सहित १ जना मानिस नियन्त्रणमा
पत्रकार नेताहरुले भनेः सरकारको शाहीकालिन अभ्यासले पतनको बाटो रोजेको हो ?
रानाग टुल्कु रिन्चेन रिन्पोछे (डोल्पोबुद्ध)को रसुवा बाढी पीडितलाई राहत

संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक 

Spread the love

काठमाडौँ –संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक आइतबार सार्वजनिक गरिएको छ। शिखा बुक्सले प्रकाशित गरेको पुस्तकको संविधान सभाको मानवअधिकार समितिकी सभापति बिन्दा पाण्डे, परशुराम रम्तेल, राष्ट्रिय सभा सदस्य रेनु चन्द, राजनीतिक नेतृ उषाकिरण तिम्सिना, प्राध्यापक राम लोहनी, लेखक सुशील पौडेल, कानुनकी विद्यार्थी अञ्जली कार्की, बौद्ध गुरु र शिखा बुक्सका पुष्प पराजुलीले संयुक्त रूपमा विमोचन गरे।

लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा रहेको बुझाइ स्पष्ट पार्न पुस्तक उपयोगी हुने वक्ताहरूले बताए। उनीहरूले पुस्तकका विषयवस्तु विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न सुझाव दिए।

लैङ्गिक तथा यौनिक विविधतालाई पूर्वीय दृष्टिकोणबाट माटो सुहाउँदो ढङ्गले बुझ्न पुस्तकले सहयोग गर्ने उनीहरूको भनाइ थियो। पश्चिमा बुझाइका कारण सिर्जना भएका भ्रम चिर्न पनि पुस्तक उपयोगी हुने उनीहरूले बताए।

लिङ्ग भन्ने बित्तिकै पुरुष र महिला मात्रै बुझ्ने समाजमा समलिङ्गी, तेस्रोलिंगी र अन्तरलिंगी व्यक्तिको पहिचानलाई सर्वस्वीकार्य बनाउन पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने वक्ताहरूले विश्वास व्यक्त गरे। 

लैङ्गिक तथा यौनिक विविधता जैविक, सामाजिक र मानवीय पक्षसँग जोडिएको विषय भएकाले यसबारेको बुझाइलाई फराकिलो बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

२०६२/०६३ को आन्दोलनदेखि नेपालको संविधानमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार संवैधानिक रूपमा समावेश गराउनसम्म पन्तको भूमिका महत्त्वपूर्ण रहेको वक्ताहरूले बताए। पुस्तकले लैङ्गिक तथा यौनिक विविधतासम्बन्धी बहसलाई थप तार्किक र तथ्यपरक बनाउने उनीहरूले विश्वास व्यक्त गरे।

पुस्तकका लेखक पन्तले यो पुस्तक सबैभन्दा बढी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सम्पूर्ण साथीहरूमा समर्पित गरेका छन्। लैङ्गिक तथा यौनिक विविधताबारे समाजमा विद्यमान धारणा, पहिचान र बुझाइलाई प्रश्न गर्दै अघि बढेको पुस्तकले मानिसलाई सीमित वर्ग र परिभाषामा राखेर हेर्ने दृष्टिकोणमाथि समेत विमर्श गरेको छ।

‘लिङ्ग : चिह्न, लक्षण, प्रतीक र सङ्केत’ देखि ‘अन्तिम प्रश्न : मानिस क्याटगोरीका लागि कि क्याटगोरी मानिसका लागि?’ सम्मका विषय समेटिएको पुस्तकमा ३४ अध्याय छन्। पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top