Flash Story
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिद्वारा काठमाडौंमा सामूहिक विरोध
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
हामीलाई बाँच्न देऊ’ : गोर्खा जिल्ला समितिद्वारा पाँचबुँदे माग सार्वजनिक
‘एउटा सडक प्रयोग गर्दा पूरा शुल्क असुल्नु न्यायोचित होइन’ : वडा अध्यक्ष खतिवडा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू (सूची)
व्यवसायी शंकर अग्रवाल पक्राउ
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिले साउन १२ देखि माइतीघरमा कडा आन्दोलन गर्ने
कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

पशुपतिमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ

Spread the love

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेका छन् । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंकाले जनाएको छ।

घटनाबारे अनुसन्धान सुरु भैरहेको छ । काभ्रेको बनेपा नगरपालिका ९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।

आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही खुलेका छैनन् । जसकारण अहिल्यै आरोप पुष्टि हुने खालेका प्रमाणहरू नरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top