Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

देशका ७४ जिल्लामा डेंगी संक्रमण

Spread the love

काठमाडौं । देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी गण्डकीमा ७९७ जनामा डेंगी पुष्टि भएको छ । त्यसपछि वाग्मतीमा ५६८ जनामा, कोसीमा ४७९, लुम्बिनीमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र सबैभन्दा कम मधेस प्रदेशमा ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय स्थानमा निरन्तर वर्षा भइरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले घरवरिपरि जमेका खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन तथा लामखुट्टे बस्ने ठाउँ नष्ट गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top