Flash Story
जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने
प्रहरीको तलब पनि १५ दिनमा
रास्वपाको महामन्त्रीमा मनिष झा : सक्षम, निष्ठावान र सर्वस्वीकार्य नेतृत्व
सीमा र देशको विषयमा बोल्दा बालेन सरकारले हामीलाई थुन्योः जेनजी अभियान्ता
आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक
रासायनिक मल अभावले किसान संकटमा, थाक्रे–६ का वडा अध्यक्षको सरकारलाई प्रश्न
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति
दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो
अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग

कृषिमन्त्री अधिकारीले दिए सरकारबाट राजीनामा

Spread the love


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका हुन् ।

उनले लेखेका छन्, ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो रु यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।’

स(साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराध बोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top