Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

बालेन र सुधनविरुद्ध जाहेरी दिएका दिपक धामीले भने–राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए कडा जवाफ

Spread the love

काठमाडौँ – नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारवाही नभएर आफूहरु सडकमा आउने चेतावनी दिएका छन् । दलमा विचार र आस्था राखेकै कारण अपराधि करार गर्नु गलत भएको समेत बताए ।

बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेनजी आन्दोलनप्रति आफूहरुको पनि एक्येवद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसको लागि उक्साउनेलाई कारवाहीको लागि आफूहरुले प्रहरीमा जाहेरी दिएको बताए ।

‘जेनजीहरुका मागहरुमा हाम्रो पनि एक्येवद्धता थियो, ती माग पूरा गराउन हाम्रो तर्फबाट के गर्नुपर्छ तयार थियौं र छौं तर घुसपैठ गरेर राष्ट्रका सम्पदा, निजी सम्पत्तिमा आगजनी, लुटपाट र व्यक्तिहत्यामा लाग्ने र त्यसमा उक्साउनेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहित हामीले हिजो काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएका छौं’ धामीले भने ।
भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरु पनि लागिरहेको बताउँदै धामीले सामाजिक संजालबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनले आपत्ति रहेको बताए । उनले संविधान र कानुनभन्दा कोही व्यक्ति माथि नभएकोले दोषीलाई कानुनी प्रक्रियामा लाग्नुपर्नेमा जोड दिए ।

दलप्रति विचार र आस्था राखेकै कारण दोषी करार गर्ने प्रवृतिले देश र समाजलाई सहि ठाउँमा नलिने बताउँदै धामीले भने, ‘विचार र आस्थाका हिसाबले म एमाले हुँ र त्यो भन्दा बढी म देशका सचेत नागरिक हुँ । राजनीतिक दलमा आस्था राखेकै कारण दोषी करार गर्ने प्रवृतिले समाजलाई सहि ठाउँमा पुर्याउँदैन ।’

जेनजी आन्दोलनको नाममा बिबादित व्यक्तिहरु सरकारमा पुगेको र उनिहरुले प्रतिरोधका आधारमा राज्यका संयन्त्र परिचालन गर्न खोजेको धामीले बताए । उनले जेनजी आन्दोलनले जेनजीलाई प्रधानमन्त्री बनाउँछ कि भन्ने लागेको तर नभएको बताउँदै भने, ‘हामीले जेनजीले नै सरकारको नेतृत्व गर्छ कि भनेर हेर्यौं, मन्त्री बन्छन् कि भनेर पनि हेर्यौं तर जेनजी पुस्ताको रगतमा बिबादित व्यक्ति कुर्सीमा पुगे र उनिहरुले प्रतिशोधन लिन राज्यका अंगको दुरुपयोग गर्न लागिरहेका छन् ।’

धामीले जेनजी अगुवा बताउँने हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ विदेशीको डलरमा नक्कली बील पेस गरेर समाजकार्य गरेको बताउँदै आफू जस्तै निःशूल्क नागरिकका दुःखमा जुट्न चुनौती समेत दिए । उनले आफूहरु भूकम्प, कोरोना, बाढीपहिरोलगायतका विपत्तिमा निःशूल्क जनताको सेवामा खटेको बताउँदै त्यसरी लाग्न सुधनलाई सुझाव समेत दिए ।

। उनले सम्पदा जलाउनेहरुले नै देशका डेटा मागिन थालेको भन्दै आपत्ति जनाउँदै समाजमा अराजकतामा रोक्न सडकमा आएको बताए । आफूहरु राजनीतिक चेत बोकेका कारण अराजकता मच्चाउने कुनै मनसाय नभएको तर त्यस्ता प्रवृतिलाई रोक्न सडक आउन बाध्य हुने समेत बताए ।

त्यसैगरी बालेन र सुधनविरुद्ध देशका सम्पूर्ण जिल्ला प्रशासन कार्यालय र नजिकका प्रहरी कार्यालयमार्फत जाहेरी बुझाउन लागेको जानकारी पनि दिए ।

On Wed, Oct 8, 2025, 1:04 PM Sambad Dabali sambaddabaliko@gmail.com wrote:
Show quoted text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top