Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

दैलेखमा नयाँ वडा माग: दुई पालिकाका दुर्गम बस्ती समायोजनको प्रस्ताव

Spread the love

दैलेख जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ अन्तर्गतका पाल्त, सल्लेरी, काफलगैरा तथा ठाँटीकाँध गाउँपालिका-३ का बजाया र माझखर्कलाई समायोजन गरी छुट्टै नयाँ वडा कायम गर्न स्थानीयले माग गरेका छन्।

शनिबार सम्बन्धित क्षेत्रका नागरिकको संयुक्त भेलाले ज्येष्ठ सदस्य सार्कीराम क्षेत्रीको अध्यक्षतामा बैठक गर्दै भौगोलिक रूपमा दुर्गम यी बस्तीलाई दुई अलग पालिकामा विभाजन गर्नुको सट्टा एउटै वडा बनाएर व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

स्थानीयका अनुसार चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का पाल्त, सल्लेरी र काफलगैराबाट वडा कार्यालय पुग्न २-३ घण्टा पैदल हिँड्नुपर्छ भने ठाँटीकाँध-३ का बजाया र माझखर्कबाट २ देखि साढे २ घण्टासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था छ। सडक पुगेको १०-१२ वर्ष बितिसक्दा पनि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा पालिकाको केन्द्र पुग्न ६ देखि १० घण्टासम्म लाग्ने स्थानीयको गुनासो छ।

यही कारण देखाउँदै उनीहरूले दुवै पालिकाका ती गाउँलाई समायोजन गरी नयाँ वडा कायम गर्न माग गरेका हुन्। माग पूरा नभएसम्म आगामी फागुन २१ गते हुने आम संसदीय निर्वाचनसहित भविष्यमा हुने स्थानीय, प्रदेशलगायत सबै प्रकारका निर्वाचनमा सहभागी नहुने चेतावनी पनि स्थानीयले दिएका छन्।

भेलाले प्रस्तावित नयाँ वडाको सिमाना पूर्वमा रामगाड खोला-सिरुडाँडा, पश्चिममा गोठिखोला हुँदै भित्री खोला, उत्तरमा कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाको सिमाना र दक्षिणमा रामगाड-गोठिखोला दोभान निर्धारण गरी सम्बन्धित निकायसँग माग गर्ने निर्णयसमेत गरेको छ।

यसैबीच, नयाँ वडा कायम गराउन दबाब दिने उद्देश्यले संघर्ष समिति पनि गठन गरिएको छ। अम्मरबहादुर क्षेत्री संयोजक रहेको समितिको सह-~संयोजकमा~ हिमबहादुर शाही र अर्जनबहादुर बुढासहित १८ जना सदस्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top