Flash Story
गाईको महत्वबारे सचेतना फैलाउँदै दुई दिने ‘गौविज्ञान कथा’ कार्यक्रम काठमाडौंमा सम्पन्न
मिटर ब्याजको जालमा फसेको महतो परिवार, माइतीघरमा आन्दोलन
काठमाडौंमा पहिलोपटक ‘गौविज्ञान कथा’ कार्यक्रम आयोजना हुँदै
सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 
तत्काल इन्धनको मूल्य नघटाए आयल निगम घेराउ गर्ने जेनजीको चतावनी
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौंमा पहिलोपटक ‘गौविज्ञान कथा’ कार्यक्रम आयोजना हुँदै

Spread the love

काठमाडौं — नेपालमा पहिलोपटक ‘गौविज्ञान कथा’ शीर्षकको विशेष कार्यक्रम आयोजना हुने भएको छ। गौसंरक्षण अभियान नेपालद्वारा आयोजित उक्त कार्यक्रममा गाईसँग सम्बन्धित आध्यात्मिक, परम्परागत तथा स्वास्थ्यसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिने जनाइएको छ।
कार्यक्रम पशुपतिनाथ मन्दिर (दक्षिण ढोका) नजिक रहेको सुमार्ग स्मृति भवनमा आयोजना हुने छ। साथै महोत्तरीको गोशाला बजारस्थित गोशाला उद्योग वाणिज्य संघको सभाहलमा पनि समानान्तर रूपमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा भारत सरकारका पूर्व सचिव (IAS, सेवानिवृत्त) डा. कमल दवड़ी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यस्तै, पारम्परिक वैद्यरत्न तथा पञ्चगव्य विद्यापीठका गुरुकुलपति निरञ्जन कुमार शर्मा मुख्य अतिथिका रूपमा रहनेछन्।
आयोजकका अनुसार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म ‘गौविज्ञान कथा’ प्रवचन सञ्चालन हुनेछ। त्यसपछि सहभागीहरूका लागि भोजनको व्यवस्था गरिनुका साथै दिउँसो निःशुल्क नाडी परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिनेछ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा गाईबाट उत्पादित पञ्चगव्य सामग्रीको प्रदर्शनीसमेत रहने बताइएको छ। आयोजकले कृषक, गोपालक तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई लाभ लिन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top