Flash Story
अमर्खु माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
लिटल स्टेप सेकेन्डरी स्कूलमा नव वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न
सभामुख अर्यालको शपथ ग्रहण आजै
श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
सफाईकर्मीको सम्मानमा हाम्रो साइकल यात्रा र्याली सम्पन्न
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
चैत ५ गतेदेखि फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने
नक्कली कागजात बनाएर नेपाली नागरिक बनेको आरोपमा भारतीय नागरिक पक्राउ

सरकार ‘बहिरो’ भएको सञ्जयकुमार गौतमको आरोप

Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकार ‘बहिरो’ भएको आरोप लगाएका छन्। बुधवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन्।

उनले सरकारले बर्दिया जिल्लामा सञ्चालन हुँदै आएको नदी व्यवस्थापन आयोजना सुटुक्क डडेलधुरा स्थानान्तरण गरेको भन्दै आपत्ति जनाए। उनले बबई, भादा र औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट हटाइएकामा असन्तुष्टि व्यक्त गर्दै सरकारले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नगरेको गुनासो गरे।

गौतमले भने, ‘सरकार बहिरो भए जस्तो व्यवहार गर्‍यो। सुन्दा पनि सुनेन, देख्दा पनि देखेन। बर्दिया जिल्लामा भएको बबई, भादा, औरही नदी व्यवस्थापन आयोजना बर्दियाबाट सुटुक्क डडेलधुरा पुर्‍याइयो। मैले बारम्बार संसद्‌मा भने तर सरकारले सुन्दैन। सरकारले मेरो कुरा सुनोस्।’

सांसद गौतमले सरकारसँग बर्दियाको नदी व्यवस्थापन आयोजना यथास्थानमा फर्काउन माग गरे। माग पूरा नभए सत्याग्रहमा बस्ने उनले चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top