आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं – सविन कुमार तोलाङगीको निर्देशनमा नयाँ लोक दोहोरी गीत ‘मन खान्छ कटक्कै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजन श्रेष्ठ र गायिका शान्ती श्री परियारको स्वर रहेको छ । उक्त गीतको शब्द चन्द्रकला प्रसाई (रचना) ले सिर्जना गरेकी छिन्, भने संगीत रिमेश थापाको रहेको छ । प्रेम र आकर्षणको भावनालाई […]
रासायनिक मल अभावले किसान संकटमा, थाक्रे–६ का वडा अध्यक्षको सरकारलाई प्रश्न
धादिङ — थाक्रे गाउँपालिका–६ का वडा अध्यक्षल हिराबहादुर थापा ‘राजेन्द्र’ले गाउँमा रासायनिक मलको चरम अभाव र कालोबजारीका कारण किसानहरू गम्भीर समस्यामा परेको बताएका छन्।उनका अनुसार खेतीपातीको मुख्य समयमा किसानले सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल पाउन सकेका छैनन्। तर बजारमा भने महँगो मूल्य तिरेर मल किन्न सकिने अवस्था देखिएको छ। यसले मलको कृत्रिम अभाव र […]
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति
काठमाडौं – पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । आइतबार पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’सम्मको अभिव्यक्ति दिएका हुन् । मन्त्री लम्सालको सो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘जो यो पोलवाला हो नि बिजुलीको […]
दलित जेन–जेड एलायन्सले जातीय छुवाछुत अन्त्यका लागि सात बुँदे सुधार प्रस्ताव सार्वजनिक गर्यो
काठमाडौं — दलित जेन–जेड एलायन्सले जातीय छुवाछुतको अन्त्य तथा समतामूलक समाज निर्माणका लागि सरकारसमक्ष विभिन्न संवैधानिक, कानुनी र नीतिगत सुधारका प्रस्ताव सार्वजनिक गरेको छ।एलायन्सले जातीय विभेद तथा छुवाछुतविरुद्ध प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय स्थापना, दलित विकास प्राधिकरण गठन, छुवाछुतसम्बन्धी मुद्दा छिटो टुंग्याउन फास्ट ट्र्याक न्याय प्रणाली लागू गर्नुपर्ने माग गरेको छ। साथै, राष्ट्रिय दलित आयोगसहित […]
अर्थ समितिमा न्याय माग्दै पुगे लघुवित्त पीडित, प्रतिवेदन कार्यान्वयन गर्न माग
काठमाडौं — विगत करिब पाँच वर्षदेखि विभिन्न माग राख्दै संघर्षरत लघुवित्त पीडितहरू न्यायको माग गर्दै संघीय संसदको अर्थ समितिमा पुगेका छन्।लघुवित्त पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली, उपाध्यक्ष तथा वार्ता टोली संयोजक अनिल बिशुङ्खे, केन्द्रीय सह–सचिव दिलिप ग्राम्जा मगर र कर्णाली प्रदेश सचिव माया सिंहसहितको टोलीले अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी समक्ष आफ्नो […]
चाँदनीचोकमा आयोजित स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न
बौद्ध–६, चुच्चेपाटीस्थित चाँदनीचोक डुङ्गेधारा संरक्षण समितिको आयोजनामा १८ औँ गणतन्त्र दिवसको अवसरमा विशेष स्वास्थ्य शिविर तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।समितिका अध्यक्ष श्रवण बस्नेतका अनुसार स्तुपा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट १७१ जनाले विभिन्न स्वास्थ्य सेवाको लाभ लिएका छन्। शिविरमा सुगर, प्रेसर, थाइराइड, आँखा, दाँत, नाक, कान, घाँटी, बालरोग तथा सामान्य स्वास्थ्य […]
मानव अधिकार आयोगको प्रतिवेदनमाथि गम्भीर प्रश्न
बिरजन विश्वकर्मा, प्रवक्ताराष्ट्रिय जेनजी नागरिक अभियान मानव अधिकार आयोग लोकतान्त्रिक राज्यको नैतिक विवेक हो। जब नागरिकमाथि अन्याय हुन्छ, जब राज्य संयन्त्रबाट अधिकारमाथि हस्तक्षेप हुन्छ, जब सत्यलाई दबाउने प्रयास गरिन्छ — त्यतिबेला जनताले सबैभन्दा धेरै भरोसा गर्ने संस्था नै मानव अधिकार आयोग हो। तर, जब त्यही संस्था मौन बस्छ, ढिलासुस्ती गर्छ वा अपूर्ण सत्य प्रस्तुत गर्छ, […]
कर्णालीबाट लघुवित्त पीडितको सरकारलाई चेतावनीः असार १५ पछि कडा आन्दोलन
सुर्खेत — कर्णाली प्रदेश सुर्खेत जिल्लाको मेहलकुनामा आयोजित पत्रकार सम्मेलनमा लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले सरकारसँग भएको सहमति र सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। मंगलबार आयोजित कार्यक्रममा समितिले असार १५ गतेभित्र सर्वोच्च अदालतले पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै अन्यथा देशव्यापी संघर्ष चर्काउने घोषणा गरेको […]
न्यायको माग गर्दै आरती रावल पुनः आमरण अनसन बस्ने
काठमाडौं । मुद्धाबाट सफाई नपाउँदै भूवन गिरीलाई न्यायाधीशमा पुनर्वहाली गरिएको भन्दै पीडित आरती रावल आमरण अनसन जाने भएकी छन् । बिहिवार राजधानीको संवाद डबलीमा रावलले पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला जिल्ला न्यायाधीश गिरीलाई तत्काल निलम्बनको मागसमेत गरेकि छन् । पीडित रावलले तीनै तहका अदालतमा निज गिरीविरुद्ध मुद्धा चलिरहेको बखत महान्यायाधीवक्ताको कार्यालयबाट मुद्धा नचल्ने निर्णय गराई […]
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा
२०८३ जेठ ११ गतेकाठमाडौं । बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका संयोजक […]

